site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दीपेन्द्रको शतकमा एपीएफलाई बलियो लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले क्रिकेट करियरको प्रतिस्पर्धात्मक खेलमा पहिलो शतक प्रहार गर्दा नेपाल पुलिस क्लबले एपीएफलाई २५९ रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५८ रन बनाएको थियो । पुलिसका लागि दीपेन्द्रले शतकीय पारी खेले ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिस्पर्धात्मक क्रिकेट करियरमा पहिलो शतक प्रहार गरेका उनले उनले समग्रमा १३१ बल खेल्दै ११ चौका र ६ छक्काको सहयोगमा १४० रन बनाएका थिए । 

नेपाली राष्ट्रिय टोलीका उप-कप्तानसमेत रहेका दीपेन्द्रले प्रतिस्पर्धात्मक क्रिकेट करियरमा पहिलो शतक प्रहार गरेका हुन् । पुलिसका लागि पवन सरार्फले ३५ रन बनाउँदा सुनील धमलाले ३३ रन बनाए । 

Global Ime bank

बलिङतर्फ एपीएफका लागि कप्तान शरद भेषावकरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहोराले दुई विकेट लिँदा अमर राउटेलाले एक विकेट लिए ।

पहिलो खेलमा रोमाञ्चक जित निकालेको पुलिसले दोस्रो खेलमा पनि जित निकाल्ने योजना बनाएको छ । यता एपीएफले पनि आफ्नो पहिलो खेलमा आर्मीलाई पराजित गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC