site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खुमलटार स्तब्ध, ब्वाइज युनियनको संघर्षपूर्ण जित
तस्बिर : एन्फा ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । 'बी' डिभिजन लिगअन्तर्गत शनिबार भएका खेलमा उपाधि होडमा रहेको खुमलटार युथ क्लब श्री भगवती युथ क्लबसँग पराजित भएको छ भने ब्वाइज युनियन क्लबले टुसाल युथ क्लबलाई हराएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा भएको खेलमा खुमलटार श्री भगवतीसँग २–१ ले पराजित भयो । ब्वाइज युनियनले टुसालमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

सुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो । खेलको २६औँ मिनेटमा सविन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१औँ मिनेटमा डोना थापाले गोल गर्दै श्री भगवतीलाई १–१ को बराबरीमा ल्याए । खेलको ८४औँ आशिष श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २–१ को जित दिलाए ।

जितसँगै श्री भगवतीले १० खेलबाट १२ अंक जोडेको छ । समान खेलबाट २२ अंकसहित खुमलटार लिगको दोस्रो स्थानमा छ । हारसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्ने मौका गुमायो ।

Global Ime bank

शनिबारकै अर्को खेलमा ब्वाइज युनियनलाई जिताउन मिलन लिम्बूले ७२औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । मिलनले हेडमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसँगै ब्वाइज युनियनले १० खेलबाट १७ अंक जोडेको छ । ब्वाइज युनियन चौथो स्थानमा यथावत् छ । टुसाल १० खेलबाट ९ अंकसहित आठौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC