site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा एकैदिन १८ हजार नयाँ संक्रमित थपिए, १०८ जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना संक्रमित भएका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरुले जनाएका छन् । कुल संक्रमितमध्ये एक लाख ८० हजार ३०४ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख ५७ हजार ६५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारी अधिकारीहरुका अनुसार यही मार्च ५ तारिखका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६७७ जनाको कोरोना परीक्षण गरिएको छ । तीमध्ये सात लाख ५१ हजार ९३५ जनाको परीक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ ।

भारतमा देशभरि अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । रासस/एएनआई

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC