site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हप्तामा १० मिनेट व्यायाम आयु बढाउन पर्याप्त 
Sarbottam CementSarbottam Cement

वासिङटन । एक नयाँ रिसर्चमा हप्तामा केबल १० मिनेट मात्र शारीरिक व्यायाम अर्थात एक्सरसाइज गरेमा यो हाम्रो आयु बढाउन पर्याप्त रहेको पत्ता लागेको छ । ‘ब्रिटिश जर्नल अफ स्पोर्टस मेडिसीन’ मा प्रकाशित यस अध्ययनमा कम स्तरको, कम बल प्रयोग हुने किसिमको व्यायाम भएपनि छोटो समय गर्दा समेत स्वास्थ्यमा त्यसले महत्वपूर्ण प्रभाव पार्न सक्ने पाइएको हो । 

अध्ययनका लेखक प्रोफेसर बो शि भन्छन्, “ मानव स्वास्थ्यका लागि जुनसुकै डोजको शारीरिक व्यायाम पनि लाभदायक हुन्छ भन्ने यसले स्पष्ट पारेको छ । ” यो अध्ययन ८८ हजार वयश्कहरु माथिको रिसर्चमा आधारित रहेको छ जसले अमेरिकाको ‘नेस्नल इन्टरभ्यु सर्भे’ मा सहभागीता जनाएका हुन् । यो अध्ययनमा ४० देखि ८५ को उमेरकाहरु सहभागी थिए र सर्वेक्षणको समयमा कसैमा पनि दिर्गकालीन रोग थिएन । यसमा उनीहरुको स्वास्थ्य सम्बन्धी जानकारीहरु नौ वर्षसम्म अध्ययन गरिएको हो । ८८ हजार मध्ये ८ हजार जनाको रिसर्चका बीच मृत्यु पनि भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस मार्फत अनुसन्धानकर्ताहरुले कुनै पनि मात्रामा शारीरिक व्यायाम गर्नुले मुटु सम्बन्धी रोग, क्यान्सर लगायत अन्य कारणले मृत्यु हुने जोखिम कम गराउने पत्ता लगाएका हुन् । यसमा मानिसहरुले जति धेरै एक्सरसाइज गर्यो त्यति नै यस्ता रोग लाग्ने जोखिम कम हुँदै गएको पाइएको छ । मुटुलाई स्वस्थ राख्न एक्सरसाइज लगायत शारीरिक क्रियाकलाप लामो समय अगाडि नै प्रभावकारी हुने देखिएको थियो । साथै यसले मोटोपनाबाट पनि जोगाउँदछ जुन क्यान्सरसँग सम्बन्धित छ । 

यसमा आश्चर्यजनक के थियो भने प्रत्येक हप्ता खालि समयमा १० देखि ५९ मिनेटसम्म हलुका या मध्यम स्तरको शारीरिक व्यायाम गर्ने व्यक्तिहरुमा एक्सरसाइज नगर्नेको तुलनामा प्रारम्भिक मृत्युको जोखिम १८ प्रतिशत कम रहेको पाइएको हो । त्यस्तै उनीहरुमा क्यान्सरबाट मृत्यु हुने जोखिम १४ प्रतिशत कम र मुटु सम्बन्धी समस्याबाट मृत्यु हुने खतरा पनि १२ प्रतिशत कम रहेको थियो । 

Global Ime bank

यसपछि हप्तामा ६० देखि १४९ मिनेट हलुका या मध्यम स्तरको एक्सरसाइज गर्नेहरुमा चाहिँ तुलनात्मक रुपमा प्रारम्भिक मृत्युको जोखिम २२ प्रतिशतले कम रहेको पाइएको हो । अझ ३०० देखि ४४९ मिनेट शारीरिक अभ्यासन गर्नेहरुमा यसको जोखिम ३३ प्रतिशतसम्म कम हुन सक्ने अध्ययनले देखाएको छ । 

यसअघिका अध्ययनहरुले जसरी लामो समयसम्म एक्सरसाइज गर्नुलाई फाइदाकारी बताएका थिए त्यसको विपरित यो रिसर्चमा चाहिँ शारीरिक व्यायामको समय सिमित नभएको र जतिबेरसम्म एक्सरसाइज गरेपनि यसले शरीर एवम् स्वास्थ्यलाई लाभ पुर्याउन सक्ने पाइएको हो । अर्थात एकदम कम स्तरको शारीरिक अभ्यास पनि उपयोगी हुन सक्छ र जति धेरै गर्यो त्यति नै राम्रो हुने प्रोफेसर शिले बताए । टाइम 
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC