site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
अमेरिका र चीनबीच युद्ध केले गराउला ?

चीनका विदेश मन्त्री वाङ यीले हालै गरेका अमेरिका र चीनबीचको सम्बन्धलाई पुनव्र्याख्या (रिसेट) गर्ने प्रस्ताव गरे ।

प्रतिउत्तरमा ह्वाइट हाउसका प्रवक्ताले भने –अमेरिका–चीन सम्बन्ध अत्यन्त प्रतिस्पर्धात्मक भएकाले अमेरिकाले आफ्नो स्थान सशक्त बनाउनुपर्ने अमेरिकाले ठानेको छ । सहजै बुझ्न सकिन्छ जो बाइडनको सरकारले चीनका सम्बन्धमा पूर्वराष्ट्रपति ट्रम्पका नीतिलाई सजिलै उल्टाउँदैन । 

कतिपय विज्ञहरू इतिहासकार थ्युसिडिडीजले गरेको ”पेलोपोनेसियनको लडाइँको कारण एथेन्सको बढ्दो शक्तिबाट स्पार्टा डराउनु” रहेकोे टिप्पणीसँग जोड्दै भन्छन् – अमेरिका र चीनको सम्बन्ध त्यस्तो द्वन्द्वात्मक अवस्थामा प्रवेश गरेको छ जहाँ स्थापित प्रभुत्व उदीयमान शक्तिशाली प्रतिद्वन्द्वीका कारण बिस्तारै लडखडाउँदैछ । 

Agni Group

यो लेखक त्यति निराशावादी व्यक्ति हैन । मेरा विचारमा आर्थिक र पारिस्थितिक परनिर्भरताका कारण शीतयुद्धका संभावना कमजोर छन् । प्रत्यक्ष युद्धको संभावना त झनै न्यून छ । किनभने दुवै देशलाई एक अर्कासँग विभिन्न क्षेत्रमा सहकार्य गर्नुमा धेरै फाइदा छन् । तर, गलत अनुमानको संभावना सधैँ जीवितै हुन्छ र केही व्यक्ति निन्द्रामा हिँड्ने गल्तीले ठूलो विघ्न निम्त्याउने आकलन गर्छन् जुन पहिलो विश्वयुद्धमा भएको थियो । 

इतिहासमा त्यस्ता घटनाका धेरै उदाहरण छन् जहाँ गलत बुझाइका कारण शक्ति सन्तुलन नै फेरिएका छन् । उदाहरणका लागि, अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको सन् १९७२ को चीन भ्रमणलाई लिन सकिन्छ । त्यसबेला उनको विचारमा आर्थिकरुपमा कमजोर हुँदैगरेको अमेरिकाले बढ्दो सोभियत संघसँग शक्ति सन्तुलन मिलाउन जरुरी थियो । तर, निक्सनले जुन अमेरिकालाई ओर्लँदो ठानेका थिए त्यो अमेरिका आफ्नो पूर्व अवस्थामा फर्कने र दोस्रो विश्वयुद्धपछि विश्वकै उत्पादनमा ठूलो हिस्सा ओगट्ने अवस्थामा पुग्दैथियो । 

Global Ime bank

निक्सनले बहुध्रुवीय संसारको आकलन गर्दै थिए । तर, त्यसको दुई दशक पनि नपुग्दै सोभियत संघको पतन भयो र अमेरिका विश्वकै एकल शक्तिराष्ट्र बन्नपुग्यो । आजको संसारमा केही चिनियाँ विशेषज्ञहरू अमेरिकाको जीवटपन (लडेर सजिलै उठ्नसक्ने खुपी) को न्यून आकलन गर्दैछन् । अनि अब चीनको आधिपत्य कायम हुने उद्घोष गर्दैछन् । तर, यो पनि आफैँमा अत्यन्त खतरनाक गलत अनुमान हुनसक्छ । 

त्यस्तै अमेरिकाले चीनको शक्तिलाई अधिक वा न्यून आकलन गर्ने संभावना पनि त्यत्तिकै छ जुन अत्यन्त खतरनाक हुनसक्छ । अमेरिकामा आर्थिक र राजनीतिक शक्ति समूहहरू छन् जुन दुवै प्रकारका आकलन गर्ने क्षमता राख्छन् । अमेरिकी डलरका आधारमा हेर्ने हो भने चीनको अर्थतन्त्र अमेरिकाको दुईतिहाइ जत्रो छ । तर, धेरै अर्थशास्त्री भन्छन् – चीनले सन् २०३० को दशकको कुनै समयमा अमेरिकाको अर्थतन्त्रलाई जित्नेछ । यसो भन्नेहरूले दुवै देशको संभाव्य आर्थिक वृद्धि आआफ्नै ढंगले राखेका होलान् । 

के अमेरिकी नेतृत्वले यो परिवर्तनलाई रचनात्मक सम्बन्ध बढाउनका लागि उपयुक्त ठान्छन् वा उनीहरू डराएर सम्झौता गर्छन् ?  चिनियाँ नेतृत्वले थप जोखिम लिन तयार होला कि यी दुवैले शक्ति सन्तुलनको बदलिँदो परिवेशमा विश्वव्यापी सार्वजनिक हितका लागि सहकार्य गर्लान् ?

थ्युसिडिडीजको भनाइ मनन् गर्दा प्राचीन ग्रिसले संसारलाई छिन्नभिन्न पार्न लडाइँले ठूलो भूमिका खेल्यो । त्यसका लागि दुईटा कारण प्रमुख रहे : नयाँ शक्तिको उदय र यो उदयले स्थापित शक्तिमा जन्माएको भय । दोस्रो कारण पहिलो जत्तिकै महत्त्वपूर्ण छ । त्यसैले चीन र अमेरिका दुवैले नयाँ शीत वा प्रत्यक्ष युद्ध गराउन सक्ने प्रकारको अनावश्यकरुपमा अतिरंजित भयलाई बेवास्ता गर्नुपर्छ ।

चीनले अमेरिकाको अर्थतन्त्रलाई उछिन्यो भने पनि देशको राष्ट्रिय आय भूराजनीतिक शक्ति मापनको एउटैमात्र आधार होइन ।

नरम शक्तिको मामलामा चीन अमेरिकाभन्दा निकै पछाडि छ र अमेरिकाको सैन्य खर्च चीनको भन्दा करिब चार गुना धेरै छ । हुनत, चीनको सैनिक शक्ति पनि विगतका वर्षहरूमा निकै बढेर गएको छ तथापि सैनिक शक्तिको अध्ययन गरिरहेका विश्लेषकको निचोड के रहेको छ भने पश्चिमी प्रशान्त महासागरीय क्षेत्रबाट चीनले अमेरिकालाई बाहिर निकाल्न सक्दैन । 

अर्कोतर्फ विश्वकै सबैभन्दा ठूलो व्यापारिक अर्थतन्त्र रहेको अमेरिका संसारको सबैभन्दा ठूलो द्विपक्षीय दाता पनि हो । आज, करिब १०० देश चीनलाई आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार मान्छन् भने अमेरिकालाई ५७ ले मात्र । चीनको योजनाअनुसार अर्को दस वर्षमा ऊ करिब १० खर्ब डलर (१ ट्रिलियन डलर) ‘बेल्ट तथा रोड‘ कार्यक्रमअन्तर्गत पूर्वाधार विकासमा लगानी गर्न चाहन्छ भने अमेरिकाले आफ्नो सहयोग घटाएको छ । चीनलाई आर्थिक शक्ति हासिल गर्न यस्को बजारको आकार, बाहिरी देशमा गरेको लगानी तथा विकास सहयोगले मद्दत गरेको छ । अमेरिकाको तुलनामा चीनको सम्पूर्ण शक्ति बढ्ने संभावना देखिन्छ । 

परन्तु, शक्ति सन्तुलनको मामिलामा सहजै अनुमान गर्न सकिन्न । अमेरिकाले आफ्नो लामो समयसम्म रहेको शक्तिको फाइदा कायमै राख्नेछ जुन चीनको संवेदनशीलतासँग विरोधाभाषपूर्ण हुनेछ । 

पहिलो त भूगोल नै हो । अमेरिका समुद्रले घेरिएको छ र छिमेकीहरू मित्रतापूर्ण सम्बन्धमा छन् । चीनको १४ देशसँग सिमाना जोडिएको छ भने भारत, जापान तथा भियतनामसँग सीमा विवाद पनि छन् जसले उसको असिबल र मसीबल (सामरिक र नरम शक्ति)को सीमा निर्धारण गर्छ । 

इन्धन अर्को त्यस्तो क्षेत्र हो जहाँ अमेरिका सशक्त छ । एक दशकअघि अमेरिका आयातित इन्धनमा आश्रित थियो तर सेलढुंगालाई तेल बनाउने प्रविधिमा आएको क्रान्तिले अहिले अमेरिका कच्चा तेलको निर्यातक बनेको छ । यही समयमा, चीन इन्धनमा थप आश्रित भएको छ र मध्यपूर्वी देशबाट आयात गर्दैछ । यो तेल उसले समुद्रको बाटोबाट आफ्नो देश ल्याउँछ जुन बाटोका सम्बन्धमा उसको भारतसँग विवाद छ । 

अमेरिकालाई जनसांख्यिक फाइदा पनि छ । अमेरिका जनसंख्या घट्ने संभावना नदेखिएको एउटामात्रै प्रमुख विकसित राष्ट्र हो । जनसंख्याको आधारमा अमेरिका तेस्रो ठूलो देश रहिरहनेछ । संयुक्त राज्य अमेरिकाको जनसंख्या वृद्धिदर विगतका केही वर्षमा कम भए पनि जनसंख्या वृद्धि ऋणात्मक हुने अवस्था छैन । यो अवस्था रुस, युरोप र जापानमा भने जनसंख्या घट्ने देखिएको छ । यस्तो अवस्थामा चीन भने एउटा वास्तविक डरमा छ – “धनी हुनुभन्दा पहिल्र्य बुढ्यौलीले छुनु ।” चाँडै नै भारतले चीनको जनसंख्यालाई उछिन्दै छ र उसको श्रमिक संख्या सन् २०१५ मा अत्यधिक रहेको छ । 

अमेरिका बायोटेक, न्यानोटेक र इन्फोटेक जस्ता केही मुख्य प्रविधिमा अझै अगाडि छ । यी प्रविधि एक्काइसौं शताब्दीको आर्थिक बृद्धिमा अग्र पंक्तिमा आउँछन् । चीनले पनि अनुसन्धान र विकासमा प्रशस्त खर्च गर्दैछ र कति क्षेत्रमा गतिलो प्रतिस्पर्धा पनि गर्दैछ । तर, संसारका २० मुख्य अनुसन्धान गर्ने विश्वविद्यालयमध्ये १५ अमेरिकामा छन्, चीनमा एउटा पनि छैन । 

जुन व्यक्तिहरू प्याक्स सिनिका (दक्षिण पूर्वीय एशियामा शान्ति र वृद्धिको युग) र अमेरिकाको पतनको घोषणा गर्दैछन् तिनले विहंगम दृष्टिले शक्ति सन्तुलनका सबै आयाम हेर्नसकेका छैनन् । अमेरिकी अभिमान जहिले पनि खतरनाकै रहेको छ तर अतिरंजित भय पनि खतरनाक हुन्छ । किनभने यसले उग्र प्रतिक्रिया उत्पन्न गराउन सक्छ । त्यस्तै, चीनको बढ्दो राष्ट्रवाद पनि उत्तिकै खतरनाक रहेको छ । किनभने अमेरिका खस्कँदो स्थितिमा छ भन्नेमा विश्वास गर्नथाल्यो भने चीन अत्यन्त खतरनाक अवस्थामा पुग्नसक्छ । त्यसैले दुवै देश गलत अनुमान र गलत हिसाबकिताबबाट जोगिनुपर्छ । हुन पनि, धेरै खतरा हाम्रो आफ्नै गलत गर्ने क्षमतामा निर्भर हुन्छ । 

(हार्वर्ड विश्वविद्यालयका प्रोफेसर) 

Copyright: Project Syndicate, 2021.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC