site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वामदेव गौतमको स्पष्टोक्ति- पार्टी एकता अभियानमै छु
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड-माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियानअगाडि बढाउने बताएका छन् ।

कोभिड-१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताए । एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उनको भनाइ छ ।

Agni Group

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अझै पनि एकताको पक्षको नआएको उनले बताए । उनले भने, "धेरै ठाउँमा उहाँहरुले बोलेको भनेको सबै-सबै सभामा बोलेको ठुल्ठूला सभाहरुमा बोलेका ती सबै सुन्दा एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा'छैन । मेरोचाहिँ प्रयत्न के छ भने केपी ओलीतिर रहेका सेकेन्ड जेनेरेसनका र प्रचण्डतिर रहेका सेकेन्ड जेनेरेसनका कमरेडहरुलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठूलो पंक्ति तयार गर्ने र एकताको पक्षमा र जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने । यो अभियान अब हामी चलाउँदै छौँ र चारैतिरबाट यी दुईटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला ।"

उपाध्यक्ष गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागेर एकता अभियानमा लाग्ने स्पष्ट पारे । पार्टी एकताको निम्ति आह्‍वान गर्ने नेताका पक्षमा आफू उभिनसक्ने पनि उनको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC