राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा आफूलाई पस्न नदिए पनि आयोजनाको पानी नरोक्न आग्रह गरेका छन् ।
बिहीबार सिन्धुलीमा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै ओलीले आयोजनाको पानी नरोक्न प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतलाई आग्रह गरेका हुन् ।
“केपी ओली भनेको मधेसविरोधी भनेर मधेसमा पस्न नदिने भन्थे । केपी ओली नपसे पनि पानीचाहिँ पठाइदिन्छ । खेतचाहिँ भिजाइदिन्छ त्यहाँ,” उनले भने । उनले मधेसका सुक्खा खेतलाई चिसो बनाउने बताए ।
मुख्यमन्त्रीमार्फत् सन्देश पठाउने बताउँदै उनले भने, “मधेसमा केपी ओलीलाई पस्न नदिए हुन्छ । तर, पानी पस्न नरोक्नुहोला ।”
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७ १५:३५
प्रतिक्रिया दिनुहोस्