site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विप्लवलाई शान्तिप्रक्रियामा ल्याउनु स्वागतयोग्य, राजनीतिक दाउपेचको विषय नबनाइयोस् : खनाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले नेत्रविक्रम चन्द समूहलाई वार्तामा ल्याउनु स्वागतयोग्य कदम भएको बताएका छन् । जटिल राजनीतिक परिस्थितिमा यसलाई उपयोगको माध्यम बनाइन नहुनेतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको सरकारी वार्ता टोली र विप्लव समूहबीच आजै तीनबुँदे सहमति भएको थियो । विप्लवमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि गर्न दुवै पक्ष सहमत भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपाका वरिष्ठ नेता खनालले सरकारको यो प्रयत्नलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखेका हुन् । बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता खनालले भने, “अहिले विप्लव समूह र नेपाल सरकारकाबीचमा जुन सहमति भएको छ, त्यो सकारात्मक कुरा हो । सुरुमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउनुपर्ने कुनै आवश्यकता थिएन । यो सरकारले बिनाकारण प्रतिबन्ध लगाउने काम गरेको थियो । अहिले प्रतिबन्ध फुकुवा गर्ने सहमति गरेर ठीकै गरेको छ । यो संविधानअन्तर्गत सबैलाई शान्तिपूर्ण ढङ्गले अगाडि बढ्ने अधिकार प्राप्त छ । यसलाई उपयोग गर्दै यसलाई विप्लव समूहले राजनीतिक, क्रियाकलाप, काममा लाग्छ भन्नेमा हामीलाई विश्वास छ ।”

खनालले यसलाई राजनीतिक दाउपेचको विषय नबनाउन पनि आग्रह गरेका छन् । संसद् विघटन र पुनःस्थापनापछि मुलुकको राजनीतिक अवस्था जटिल बनेको छ । विप्लवलाई शान्तिप्रक्रियामा ल्याएर सरकारले अरू सहमति गर्ने र राजनीतिक कोर्सलाई झन् पेचिलो बनाउने हो कि भनेर नेकपाका नेताहरूले आशंका पनि गरेका छन् ।

Global Ime bank

भोलि नै विप्लव सार्वजनिक हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम पनि तय भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC