खेल
काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने खेल्ने प्रतियोगिता स्थगित भएको हो ।
पाकिस्तान क्रिकेट बोर्डले बिहीबार लाहोर र कराँचीमा जारी पीएसएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।
लिगमा सहभागी सातजना खेलाडीलाई बुधबार कोरोनाभाइरसको संक्रमण देखिएको थियो । त्यस्तै, आज ६ जना नयाँ खेलाडीमा कोरोना देखियो । सहभागी टिमसँगको छलफलपछि खेलाडी र लिगमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राख्दै लिग स्थगित गरिएको बोर्डले जनाएको छ ।
सन्दीप पनि पीएसएल खेल्न कराँची पुगेका छन् । सन्दीपले लाहोर क्वालन्दर्सबाट पीएसएल खेल्ने तय भएको थियो । सन्दीपको टिमको खेल आज थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७ १४:०२
प्रतिक्रिया दिनुहोस्