site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस पदाधिकारी बैठक ३ बजे, सत्ता गठबन्धनबारे के गर्ला निर्णय ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दै छ । सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा सहकार्य गर्ने÷नगर्ने विषयमा पार्टीमा भएको विवाद व्यवस्थापनका लागि आफ्नै निवासमा पदाधिकारी बैठक डाकेका हुन् ।

प्रतिनिधिसभा विघटनयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ । कानुनी रूपमा पार्टी नफुट्दै यही फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विकल्प खोजी भइरहेको छ । यस्तो बेला देउवा नेतृत्व दिने नेकपाको समूहसँग सहकार्यको तयारीमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसले फ्लोरबाट समर्थन दिएर प्रतिपक्षमा बस्नुपर्ने बताइरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ओली समूहलाई समर्थन गर्न नहुने र प्रचण्ड–नेपाल समूहलाई सर्तसहित फ्लोरबाट समर्थन दिएर बाँकी अवधि प्रतिपक्षमै बस्नुपर्छ भन्ने पौडेललाई सभापति देउवाले सरकारको नेतृत्व पाउँदा त्यो अवसर गुमाउन नहुने विषयमा सहमत गराउने प्रयास गरिरहेका छन् । उनले ओलीले राजीनामा दिएर आए सत्ता गठबन्धनका लागि आफू खुला रहेको जनाउ दिइसकेका छन् भने प्रचण्ड–नेपाल समूहलाई पनि कांग्रेसकै नेतृत्वका लागि सहमत भए मात्र सहकार्य हुने संकेत गरेका छन् ।

यसले कांग्रेसमा विवाद बढेको छ । विगतमा पदाधिकारी बैठकबाटै नेकपा एउटै भएको र दुवै समूहसँग सहकार्य नहुने बताएको कांग्रेसका सभापति अहिले जुनसुकै समूहको समर्थनमा भए पनि प्रधानमन्त्री बन्ने पक्षमा देखिएका छन् । कांग्रेसको पदाधिकारी बैठकले पार्टीभित्र जारी विवाद बढाउला वा घटाउला भन्ने चासो बढिरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC