site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गत आर्थिक वर्षको अन्तिम र चालु आर्थिक वर्षको प्रथम त्रैमासिकको आर्थिक वृद्धिदर ऋणात्मक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ को प्रभावका कारण पछिल्ला दुई त्रैमासको आथिक वृद्धिदर ऋणात्मक बनेको छ । कोभिड नियन्त्रणको लागि ०७७ चैत ११ गतेबाट भएको लकडाउन र त्यसपछि बढेको कोभिड संक्रमणले गर्दा आर्थिक वर्ष २०७६/०७७ को अन्तिम त्रैमास र आर्थिक वर्ष २०७७/०७८ को प्रथम त्रैमासको आर्थिक वृद्धिदर ऋणात्मक बनेको हो ।

गत आर्थिक वर्षको अन्तिम त्रैमास (२०७७ वैशाखदेखि असारसम्म)मा आर्थिक वर्ष २०७५/०७६ को सोही अवधिको तुलनामा आर्थिक वृद्धिद्धर १५.५ प्रतिशतले ऋणात्मक र चालु आर्थिक वर्षको प्रथम त्रैमास (२०७७ साउनदेखि असोजसम्म)मा आर्थिक वृद्धिदर ४.६ प्रतिशतले ऋणात्मक भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । यद्यपि, ग्राफमा हेर्न हो भने अर्थतन्त्र अंग्रे्रजी ‘भी’ सेभ बनाएइर पुनरुत्थान भएको देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड प्रभाव सुरु हुनअघि पनि आर्थिक वृद्धिदर भने खासै राम्रो नभएको विभागको तथ्यांकमा देखिन्छ । कोभिड प्रभाव सुरु हुनुपूर्व गत आर्थिक वर्षको प्रथम त्रैमासमा २.७ प्रतिशत, दोस्रो त्रैमासमा ४.४ र तेस्रो त्रैमासमा १.३ प्रतिशतले मात्रै अर्थतन्त्र विस्तार भएको विभागको तथ्यांकमा देखिन्छ । जबकि,  तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदा साढे ८ प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल हुने लक्ष्य प्रस्तुत गरेका थिए ।

राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तन गर्दा गत आर्थिक वर्षमा १.९९ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक भएको विभागले जनाएको छ । आधार वर्ष परिवर्तन गर्नु अगाडि २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC