राजनीति
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबीच तेस्रो चरणको वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता जारी छ । यसअघि, हिजो बिहान र बेलुका दुई चरणमा वार्ता भएको थियो ।
सरकारी पक्षले वार्ता सकारात्मक रूपमा अघि बढेको बताउँदै आएको छ । वार्तामा आज राजनीतिक र सैद्धान्तिक विषयमा छलफल भइरहेको बताइएको छ ।
सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहबाट नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले वार्ता टोलीको नेतृत्व गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७ १०:१५
प्रतिक्रिया दिनुहोस्