site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यी हुन् वार्तामा विप्लव समूहले राखेका तीन सर्त
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको वार्ता टोलीले सरकारसँगको वार्ताका क्रममा मुख्य तीन सर्त अघि सारेको छ । बुधबारमात्रै एकैदिन सरकारी टोली र विप्लव समूहको टोलीबीच दुई चरणमा वार्ता भएको थियो । 

वार्ताका क्रममा विप्लव समूहका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रतिबन्ध फुकुवा, पक्राउ परेका सबैको रिहाइ र हालसम्म लगाइएका सबै मुद्दा खारेजको प्रस्ताव गरेका हुन् । 

सो क्रममा गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी टोली पहिलो चरणमा प्रतिबन्ध फुकुवा गर्ने र अरु विषय वार्ताकै क्रममा छलफल गर्ने बताएको थियो । सरकारी टोलीले भने तत्काल हतियार बुझाउन भनेको थियो । 

Agni Group

विप्लव समूहका नेता अनिल शर्माले आफूहरुका माग सम्बोधन गर्न सरकार सकारात्मक भएमात्रै वार्ता निस्कर्षमा पुग्ने बताए ।

उनले भने,“हाम्रा सबै कुरा स्पष्ट छन् । छलफल जारी छ । सरकारी पक्ष निर्सत रुपमा प्रस्तुत हुनुपर्छ ।”

Global Ime bank

सरकारी वार्ता टोलीमा गृह मन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई छन् भने विप्लव समूहबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने छन् । दुवै पक्षबाट मंगलबार वार्ता टोली गठन गरिएको थियो । 

विप्लव समूहमाथि ०७५ फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सो समूहविरुद्ध संयुक्त रूपमा ‘सर्च एन्ड अरेस्ट अपरेसन’ चलाएका थिए ।

यही फागुन ९ गतेसम्म सो समूहका दुई हजार ८६ जना पक्राउ परेका छन् । जसमध्ये एक हजार ८४४ जना मुद्दा दर्तापछि छुटेका छन् भने १३४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सो समूहका शीर्ष नेतामध्येका हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोला पनि जेलमा छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC