site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पहिला हतियार बुझाउनूस् : बादल, भए पो बुझाउनु : प्रकाण्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग बुधबार नै दुई चरणको वार्ता गरेको छ ।

सरकारी टोलीले वार्ता सकारात्मक रुपमा अघि बढेको बताए पनि विप्लव समूहको वार्ता टोलीले भने कुनै प्रतिक्रिया दिएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार बिहान बालुवाटारमा पहिलो चरणको र साँझ दोस्रो चरणको वार्ता भएको थियो । सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई छन् भने विप्लव समूहबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने छन् । दुवै पक्षबाट मंगलबार वार्ता टोली गठन गरिएको थियो ।

वार्ताका क्रममा गृहमन्त्री थापाले विप्लव समूहलाई तत्काल हतियार राज्यलाई बुझाउन आग्रह गरेका थिए । गृहमन्त्रीको भनाई उद्धृत गर्दै विप्लव समूहका एक नेताले भने,“बादलले तत्काल हतियार बुझाउन भन्नुभयो । हाम्रो टोलीले हतियार भए पो बुझाउनु भन्ने प्रतिक्रिया दियो ।”

Global Ime bank

वार्ताका क्रममा बादल निकै कम बोलेका थिए, भट्टराई नै बढी सक्रिय रहेको बताइएको छ । 

वार्ता निरन्तर जारी रहने बताइएको छ । वर्तमान केपी ओली नेतृत्वको सरकारले नै ०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि सो समूहले २ हजार बढी नेता कार्यकर्ता पक्राउ गरिसकेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC