



मुम्बई । बलिउड अभिनेत्री तापसी पन्नु, निर्देशक अनुराग कश्यप, निर्माता मधु मन्टेना र निर्देशक विकास बहलको घरमा आयकर विभागले छापा मारेको छ ।
आयकर विभाग ‘फ्यान्टम फिल्मस्’ निर्माण कम्पनीसँग जोडिएकाहरुको छानबिन गरिरहेको नवभारत टाइम्सले उल्लेख गरेको छ ।
खबरका अनुसार छानबिन गरिरहेको नवभारत टाइम्सले उल्लेख गरेको छ । यस निर्माण कम्पनीमाथि कर छलीको आरोप छ ।
अनुराग कश्यप, विक्रमादित्य मोटवानी, मधु मन्टेना र विकास बहलले संयुक्त रुपमा ‘फ्यान्टम फिल्म्स्’को स्थापना गरेका थिए । तर सन् २०१८ मा विकास बहलमाथि यौन शोषणको आरोप लागेपछि कम्पनी बन्द भयो र चारै जना छुट्टिए ।
मुम्बईमा तापसी र अनुरागको घर गरी जम्मा २२ ठाँउमा आयकर विभागले छापा मारेको छ ।







प्रतिक्रिया दिनुहोस्