site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उद्योगमन्त्रीलाई वायुसेवा सञ्चालकको ज्ञापनपत्र (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । वायु सेवा सञ्चालकहरुले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको विरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाएका छन् ।

वायु सेवा सञ्चालकहरुले बुधबार सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको विरोधमा मन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएका हुन् । वायुसेवा सञ्‍चालकहरुले मन्त्री भट्टलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै संरक्षित क्षेत्रहरुमा पूर्ववत् रुपमा प्रचलित व्यवस्थानुसारै सम्पूर्ण प्रकृतिका हेलिकप्टर उडानहरु निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था गरिदिन माग गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हेलिकप्टरहरु निर्वाध रुपले चल्न नपाए आर्थिक अभाव भई सेवा नै बन्द हुने अवस्था आउने भन्दै वायुसेवा सञ्चालकहरुले उडान रोक्का फुकुवा गर्न आवश्यक पहलका लागि मन्त्री भट्टलाई आग्रह गरेका छन् । वायुसेवा सञ्चालकका सचिव सुमन पाण्डेले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको निर्णयले हेलिकप्टर उद्योगमा अनिश्चितता आएको बताए । 

हेलिकप्टरलाई नियन्त्रण गर्न खोजे हेलिकप्टर उद्योग मात्रै नभई पर्यटन उद्योगमा समेत असर परि आर्थिक क्षेत्रमा समेत असर पर्ने र धेरैको रोजगारीसमेत गुम्ने सचिव सुमन पाण्डेले बताए । विदेशी बजारमा नेपाली पर्यटन क्षेत्रको विश्वसनीयताप्रति प्रश्न उठ्ने भन्दै हेलिकोप्टरलाई निर्वाध रुपमा चल्न दिनुपर्ने उनको भनाइ छ ।

Global Ime bank

ज्ञापनपत्र बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रिय निकुञ्जलाई संरक्षण गर्दै उद्योगलाई पनि सञ्चालन गर्नुपर्ने बताए । ऐन, कानुनको पालना हुनेगरी सन्तुलित ढंगले अघि बढ्नुपर्ने भन्दै उनले सबैलाई बोलाएर व्यवस्थित ढंगले छलफल गरी समस्या आउन नदिन दीर्घकालीन उपाय खोज्नु पहल गर्ने मन्त्री भट्टले बताए ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जारी गरेको हेलिकोप्टर अवतरण/होभरिङ नियमनको परिपत्रमा हेली अवतरण नियमन वा सो क्षेत्रका लुक्ला, स्याङ्‍बोचे र नाम्चेका तीन स्थानबाहेक अन्य स्थानको उडान तथा अवतरण रोक्ने निर्णय गरेको थियो । यस निर्णयले हेलिकप्टर सञ्‍चालक कम्पनीहरु तथा समग्र पर्यटन व्यवसाय मर्कामा परेको भन्दै पूर्ववत् रुपमा अवतरण गर्नुपर्ने माग गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC