site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेशमा आयोगको शाखा विस्तार गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैतडीमा किशोरी भागरथी भट्ट बलात्कार र बलात्कारपछि हत्याबारे घटनामा छानबिन गर्न राष्ट्रिय महिला आयोगका पदाधिकारी गएका थिए । तर प्रदेशमा समन्वय गर्ने संरचना नहुँदा टिम पठाउनदेखि कहाँ बस्ने र कोसँग सम्पर्क गर्ने जस्ता व्यवहारिक समस्या भोग्नुपरेको आयोगकी अध्यक्ष कमला पराजुलीले सुनाइन् । संविधानमा आयोगले सबै प्रदेशमा शाखा खोल्नुपर्ने उल्लेख छ । 

१११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोगको गतिविधिबारे पत्रकारलाई जानकारी दिँदै गर्दा उनले सो कुरा बताएकी हुन् । भर्खरै नियुक्त भएकी अध्यक्ष पराजुलीले आयोग सम्हालेको एक सातामै आयोगले भोग्नुपरेका आर्थिक समस्यादेखि कानुनी अफ्ठ्याराबारे जानकारी दिएकी छन् । ०५८ फागुनमा स्थापना भएको आयोगको अहिलेसम्म आफ्नै भवन छैन । भवन नहुँदा भाडामा कोठा लिएर आयोगले कार्यालय सञ्चालन गरिरहेको छ । यस्तै, दूरदराजबाट पीडित महिला उजुरी दिन आयोगमा आउँदा १/२ दिन बस्ने व्यवस्थासमेत छैन । आयोगले पीडितलाई गैरसरकारी संस्थामा बस्न पठाउने गरेको छ ।

अध्यक्ष पराजुलीले आयोगलाई सक्रिय बनाउन वैकल्पिक कार्यालयका लागि सम्बन्धित निकायमा कुरा भएको जानकारी दिइन् । यस्तै, आयोगको कामबारे जानकारी दिँदै काउन्सिलिङ गरिरहेका पीडित महिला घर फर्कदा सुरक्षित होला कि नहोला भन्नेसम्मको चिन्ता हुने गरेको उनले सुनाइन् । काउन्सिलिङ गर्दागर्दै एक महिला बेहोस् भएको जिकिर गर्दै उनले भनिन्, “आयोगलाई चौबीसै घण्टा सेवा दिन सक्ने आफ्नै एम्बुलेन्स आवश्यकता छ ।” उजुरी दिन आएका कतिपय महिलालाई ठाउँको ठाउँ ‘रेस्क्यु' गर्नुपर्ने हुन्छ । त्यसैले आयोगमा हेल्थ डेस्कदेखि पुलिस बिटसम्म राख्नुपर्ने आवश्यकता रहेको उनले औँल्याइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष पराजुली भन्छिन्, “हिंसापीडित कुनै न कुनै रुपमा आर्थिक बाटोमा नलागेसम्म उनीहरू हिंसा मुक्त हुन सक्दैनन् ।” यसका लागि महिलालाई आर्थिक रुपमा सक्षम बनाउन आयोगले भूमिका खेल्ने उनको भनाइ छ । उनले आयोगका तर्फबाट गृहमन्त्रीसँग कुरा गरेर हरेक सामुदायिक प्रहरी महिला सेललाई सशक्त बनाउन पहल गरेकी छन् । “कतिपय महिला सेलको प्रमुख महिला छैनन् । महिला प्रमुख हुँदैमा ती महिलाका विषयमा संवेदनशील हुन्छन् भन्ने हुँदैन,” उनले थपिन्, “उनीहरूमा अभिमुखीकरण तालिमको आवश्यकता छ । आयोगले गृह मन्त्रालयसँग साझेदारीमा यसमा काम गर्ने कि भन्ने कुरा भएको छ ।”

यस्तै, पछिल्लो समय बालिका र किशोरीसँग भइरहेका यौनजन्य हिंसाका कारण आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । यसका लागि आयोगले शिक्षामन्त्रीसँग कुरा गरिसकेको र हरेक विद्यालयमा उजुरी र अनुगमन गर्ने संयन्त्र राख्ने, विद्यालयमा मनोसामाजिक विमर्शकर्ता राख्ने, विद्यालयमा हरेक शुक्रबार हिंसाबारे जानकारी दिने, पाठ्यक्रममा यौन हिंसा तथा यौन दुर्व्यवहारबारे जानकारी दिने सामाग्री समावेश गर्ने आयोगको उद्देश्य रहेको छ ।

Global Ime bank

आयोगले हिंसामुक्त समाज निर्माण गर्न नयाँ कार्यक्रम डिजाइन गर्ने भएको छ । यसका लागि पीडित पुन:स्थापना अभियान चलाउने भएको छ । पीडितलाई परिवार तथा समाजले बहिष्कार गर्ने परम्परा रहेकाले पीडितको परिवारलाई माया र सम्मान गर्ने उनले बताइन् । यसका लागि समाजका सबै तप्कासँग समन्वय गरी अभियान नै सञ्चालन गर्ने आयोगको योजना छ । यस्तै, रजगज गरी बसेका पीडकलाई समाजबाट तिरस्कारको भावना जगाउने उनले सुनाइन् । 

अन्तर्क्रिया कार्यक्रममा तीन वर्षमा आयोगले गरिरहेका काम कारबाहीबारे आयोगकी सचिव शान्ता अधिकारी भट्टराईले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदनमा आयोगले प्रदेशमा आयोगको शाखा खोल्ने बताइएको छ । विश्व बैंकको सौजन्यमा सञ्चालित ११४५ हेल्पलाइन चौबीसै घण्टा सक्रिय रहेको छ । यस्तै, तीन वर्षको अवधिमा आयोगमा चार हजार ४ सय ९७ मुद्दा परेका थिए । जसमा आयोगबाट १४ हजार चार सय ६१ जनाले सेवा पाएका छन् । १३ हजार ७ सय ६४ केस हेल्पलाइनबाट दर्ता भएका थिए भने हेल्पलाइनमा सम्पर्क हुन नसकेका फोन प्रहरीको लाइनमा सीधै कनेक्ट भएको थियो । जसमा ४ हजार १ सय ७९ रहेको छ ।

यस्तै, ०७७/७८ मा साउनदेखि माघसम्म ८३७ वटा घरेलु हिंसाअन्तर्गत आयोगमा मुद्दा दायर भएका छन् भने महिलाविरुद्ध हुने हिंसामा १२६ उजुरी परेका छन् । 

कार्यक्रममा पत्रकारले आयोगलाई महिलासम्बन्धी कानुनलाई परिमार्जन गरी महिलाका समस्यालाई राष्ट्रिय समस्याका रुपमा लबिइङ गरी आयोगलाई हदैसम्मको सक्रिए बनाउन सुझाव दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC