site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस र जसपाले अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री ओलीलाई हटाउनुपर्छ : सांसद रायमाझी
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रियसभाका सदस्य एवं नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त रुपमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा पुन:स्थापनापछि प्रधानमन्त्री ओलीमा हिटलर शैली देखिएको उनले बताए । “संविधानको संरक्षणसहित नागरिकको सार्वभौम अधिकार सुरक्षित गरी राजनीतिक निकासका लागि कांग्रेसले संसद्‌मा आफ्नो वैचारिक र विवेकपूर्ण निर्णयसहित प्रधानमन्त्रीविरुद्ध नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त रुपमा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिर्गमन गराई सरकारको नेतृत्व सम्हाल्नुपर्छ,” उनले भने ।

Agni Group

आफूले विघटन गरेको संसद् सर्वोच्च अदालतले पुन:स्थापना गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा ओलीले त्यसविपरीत तानाशाही शैली देखाएर मुलुकलाई अकर्मण्यतातर्फ धकेलेर राजनीतिक दुर्घटना निम्त्याएको उनको आरोप छ । 

कांग्रेस मुलुकको जेठो पार्टी भएको भन्दै उनले मुलुकमा आइपरेको संकट टुलुटुलु हेरेर बस्ने छुट कांग्रेसलाई नरहेको पनि उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC