site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खोलिदेऊ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
यो कथा सआदत हसन मन्टोले भारत–पाकिस्तान विभाजनका बेला भएका घटनामा आधारित रहेर लेखेका हुन् । ‘खोल दो’ शीर्षकमा प्रकाशित यो कथाले त्यतिबेलाको अवस्था बडो मार्मिक तरिकाले चित्रण गर्छ । विभाजनका बेला दुवै पक्षबाट भएका बलात्कारलाई यसले केन्द्रमा राखेको छ ।
 
सआदत हसन मन्टो
अमृतसरबाट दिउँसो २ बजे छुटेको त्यो खास रेलले मुगलपुर, लाहोर आइपुग्न झन्डै ८ घण्टा लगायो । कति मानिस त बाटोमै मारिएका थिए, कति घाइते र कैयौं त हराएका पनि ।
सिराजुद्दिनलाई होसमा फर्कन भोलिपल्टको १० बज्नुप¥यो । ऊ खाली मैदानमा ढलेको थियो । महिला, पुरुष र अन्य केटाकेटीले उसलाई घेरा हालेर होहल्ला मच्चाइरहेका थिए । हुन त यसले उसलाई केही प्रभाव पारेको थिएन ।
ऊ नचल्मलाई नीलो आकाशमा एकटक हेरिरहेको थियो । होहल्ला र त्यस माहोललाई उसले खास वास्ता गरेन । एक अपरिचित व्यक्तिका लागि त ऊ गहिरो चिन्तनमा परेको बूढो मानिसझैं देखिन्थ्यो । तर, कुरा खास अर्कै थियो । ऊ त समस्यै समस्याले झेलिएको र मर्माहित भएको अपांगझैं थियो ।
अन्तमा उसले आँखा खोल्यो, डुलायो र एक्कासि सूर्यलाई नियाल्यो । अनि फेरि आँखाका ढोका बन्द ग¥यो । उसका आँखामा फिल्मको रिल नाचेभैंm तस्बिरहरू नाच्न लागे ।
आक्रमण ... आगो ... फरार ... रेल स्टेसन ... रात ... । र सकिना ।
ऊ एक्कासि उठ्यो र त्यो शिविरको भीडमा कसैलाई खोजेझैं गर्न थाल्यो । 
उसले घण्टौं लगाएर कसैलाई खोज्यो र ‘सकिना ! सकिना !!’ भन्दै आफ्नी छोरीलाई चिच्याएर बोलायो । ऊ रोयो । तर सकिनालाई कहीँ भेट्न सकेन ।
शिविरभरि होहल्ला मच्चिसकेको थियो । मानिसहरु यताउति कसैको खोजीमा तल्लीन रहेझैं देखिन्थे । सिराजुद्दिनले भने हार मानिसकेको थियो । भीडभन्दा अलि पर भुइँमा ऊ थचक्क बस्यो र केही सम्झने कोसिस ग¥यो । उसकी छोरी सकिना र श्रीमतीबाट ऊ कसरी अलग्गियो भनेर सोच्यो । अनि दिव्यप्रकाश आएझैं एउटा तस्बिर उसका आँखामा नाच्न थाल्यो, उसकी श्रीमतीको नांगो तर मृत शरीर !
सकिनाकी आमा पहिल्यै मरिसकेकी थिई । यो धु्रवसत्य थियो । उसकै आँखाअगाडि ऊ मरेकी थिई । उसले निकालेको अन्तिम आवाज आज पनि सिराजुद्दिनको कानमा गुञ्जन्छ कहिलेकाहीँ, “मलाई यहीँ छाड्नुस्, छोरीलाई यहाँबाट टाढा लैजानुस् ।”
बाउ–छोरी त्यहाँबाट भागेका थिए, हावाको वेगसँगै दगुरेका थिए । सकिनाको पछ्यौरी भुइँमा खसेको थियो र ऊ टिप्न निहुँरिदा छोरीले ‘बाबा, भैगो, छाड्दिनुस्’ भनेकी थिई ।
उसले गोजीमा हात हाल्यो । भुक्क फुलेको गोजीमा केही भएको महसुस ग¥यो । त्यो कपडाको टुक्रा थियो । हो, उसलाई याद आयो– सकिनाको त्यही पछ्यौरी थियो, जुन उनीहरु भाग्दा भुइँमा खसेको थियो ।
तर, सकिना खोइ ? कहाँ छे ? ऊ फेरि रोयो ।
के सकिना ऊसँग हेल स्टेसनसम्म आएकी थिइन ? के रेलको डिब्बामा सकिना ऊसँगै बसेकी थिई ? के रेलमा छाडेका ती बन्दुकधारीले उसलाई लगे त ?
उसलाई केही सम्झना आएन ।
जिज्ञासाहरू धेरै थिए तर उत्तर थिएन । उसलाई डाँको छाडेर रुन मन लाग्यो तर आँसु सकिइसकेका थिए । अब हार मान्नु हुँदैन, केही गर्नुपर्छ भनेर ऊ जुरुक्क उठ्यो ।
उसले केही पर बन्दुक बोकेका ८ आठ युवा देख्यो । सहयोग माग्ने विचार ग¥यो । स्टेसनमा छुटेका केही महिला र केटाकेटीलाई यी युवाहरूले उद्धार गरेको सुनेको थियो उसले । अनि उसले छोरीको परिचय खुल्ने विवरण सुनायो– भेटिने आशामा ।
“मेरी छोरी सुन्दर र राम्री छिन् । १७ वर्षकी, ठूला आँखा, कालो कपाल र देब्रे गालामा कालो कोठी । मेरी छोरी खोजिदिनुस् । भगवान्ले तपाईंहरूको कल्याण गर्नेछन् ।”
ती युवाहरूले सिराजुद्दिनलाई भने, “तपाईंकी छोरी जीवित भए हामी खोजेर ल्याइदिनेछौं ।”
उनीहरूले कोसिस नगरेका पनि होइनन् । आफ्नै जीवनको परवाह नगरी अमृतसर गएर उनीहरुले धेरै महिला र केटाकेटीको उद्धार गरेका थिए । तर, उनीहरूले सकिनालाई भेट्टाउन सकेका थिएनन् ।
फेरि पनि खोजीमा निस्किँदा उनीहरूले एउटी केटीलाई बाटोछेउमा भेट्टाएका थिए । शायद उनीहरुसँग डराएर त्यो केटी भागेकी पनि थिई । ट्रकबाट ओर्लेर उनीहरू त्यो केटीको पछाडि कुदेका थिए र खेतको गह्रामा उसलाई भेट्टाएका थिए । ऊ राम्री थिई र देब्रे गालामा कालो कोठी पनि थियो । त्यसमध्ये एकजनाले भनेको थियो, “तिमी नआत्तेऊ । तिम्रो नाम सकिना हैन र ?”
ऊ पहेँली भएकी थिई र निकैबेर नियालेपछि आफू सिराजुद्दिनको छोरी सकिना भएकी बताएकी थिई । 
ती युवकहरू निकै दयालु देखिन्थे । उनीहरूले सकिनालाई खाना खुवाए, पिउन दूध दिए र ट्रकमा बसाए । एक जनाले त आफ्नो ज्याकेट नै दिएको थियो । आफ्नो पछ्यौरी नभएर अप्ठ्यारो मानेकी सकिनाले केही सहज महसुस गरेकी थिई । 
धेरै दिन बितिसक्दा पनि सिराजुद्दिनले छोरीको खबर पाउन सकेको थिएन । ऊ सबै समय शिविरमा यताउता दगुरीमात्र रहन्थ्यो । हरेक रात ती युवाहरूले छोरी भेटून् भनेर भगवान्सँग कामना गथ्र्यो ।
‘तपाईंकी छोरी जीवित भए हामी खोजेर ल्याइदिनेछौं’ भनेकाले ऊ छोरी भेटिने आशामा थियो ।
एकदिन उसले शिविरमा ती युवाहरू देख्यो ।
“बाबु, तपार्इंहरूले मेरी छोरी सकिनालाई भेट्नुभयो ?” उसले गम्भीर मुद्रामा सोध्यो ।
उनीहरूले ‘भेट्टाउँछौ, भेट्टाउँछौं’ भनेर एकै स्वरमा जवाफ दिए । सिराजुद्दिनले उनीहरूका लागि प्रार्थना ग¥यो र केही शान्ति महसुस ग¥यो ।
त्यस रात शिविरमा केही अप्रत्याशित घटना घट्यो । चार युवकले भर्खरै रेलको लिकमा भेटिएकी बेहोस देखिने एउटी जवान केटीलाई बोकेर ल्याएको उसले देख्यो । ती युवकले जवान केटीलाई बोकेर अस्पतालमा ल्याएका थिए । ऊ ती युवाहरूको पछि लाग्यो र अस्पतालसम्म पुग्यो । केही समय बाहिर उभियो र भित्र पस्यो ।
एउटा शय्यामा एउटी जवान केटी सुतिरहेकी देख्यो । बत्ती बल्यो, एउटी राम्री केटी, देब्रे गालामा कालो कोठी ! 
“सकिना ! सकिना !!” सिराजुद्दिन करायो ।
भर्खरै बत्ती बालेका एक डक्टरले सिराजुद्दिनलाई एकोहोरो हे¥यो ।
“म यिनको पिता हुँ,” ऊ भक्ककायो ।
डक्टरले अर्धचेत शरीरलाई नियालेर हे¥यो र नाडी छाम्यो । अनि बूढा मानिसतिर फर्केर भन्यो, “झ्याल खोल्देऊ ।”
शय्यामा सुतेकी केटी बिस्तारै चलमलाई । उसको कानमा ‘खोल्देऊ’ शब्द प¥यो । ऊ उठी । आफ्नो हात सुरुवालको तुनामा पु¥याई । साह्रै डराउँदै र बिस्तारै तुना फुकाली । सुरुवात तल घुँडासम्म पुग्ने गरी खोली र आफ्नो नांगो तिघ्रा देखाई ।
छोरी उठेको देखेर सिराजुद्दिन हर्षले बुरुक्क उफ्रियो । 
“मेरी छोरी जिउँदै छे डाक्टरसा’ब, मेरी छोरी जिउँदै छे,” ऊ खुसीले चिच्यायो ।
तर, डक्टर पसिनाले निथ्रुक्क भिजिसकेका थिए ।
 
अनुवाद : सरोज देवकोटा
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २९, २०७३  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC