site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली : पार्टी विभाजनअघि औडाहामा, अहिले देश दौडाहामा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोभिड–१९ को कारण देखाउँदै ११ महिना आफ्नै कार्यकक्ष सिंहदरबार टेकेनन् ।

उनले देश  सरकारी निवास बालुवाटाबाट नै चलाए । पार्टीका भेला बैठकमात्रै होइन गुटका बैठक लगातार बालुवाटारमै भए । अद्यापि हुँदै आइरहेका छन् ।

ओली ९ महिनापछि गत फागुन ३ गते सरकारको तीनवर्षे प्रगती सुनाउन सिंहदरबार पुगे । फागुन २ गतेबाट भूकम्पले क्षति पुर्‍याएको सिंहदरबार पुनर्निर्माण गरेर प्रधानमन्त्रीको कार्यालय सञ्चालनमा ल्याइए पनि बालुवाटरबाटै कार्यसम्पादन गरिरहेका छन् । त्यसपछि ओली सिंहदरवार फर्किएका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रिपरिषद् बैठक बिरलै सिंहदरबार बस्छ । प्रधानमन्त्री नै सिंहदरबार नटेक्ने भएपछि अरू मन्त्री, कर्मचारीको मनोदशा के होला ? अनुमान गर्न गाह्रो पनि छैन ।

पार्टी विभाजनयता भने ओली दौडधुपमा छन् । प्रधानमन्त्रीको हैसियतमा उनी शिलान्यास, विकास आयोजना निरीक्षण मात्र होइन पार्टीगत काममा पनि उनी उत्तिकै सक्रिय छन् । दौडाहामा छन् ।

Global Ime bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सग्लो हुँदा ओली आँगनमा नै बसेको पार्टी कमिटीको बैठकमा जान अस्वीकार गर्थे । उनलाई पार्टीका बैठकमा सहभागी हुन नेताहरूले पटक–पटक डेटलाइन समेत दिनुपर्ने अवस्था थियो । ओलीको अनुपस्थितिले धेरै बैठकहरु प्रभावित पनि भए । पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित बैठकमा पनि असुरक्षाका कारण देखाउँदै ओली सहभागी भएनन् ।

तर, गत पुसमा ओलीको दौडधुप ह्वात्तै बढ्यो । पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेर मध्यावधि निर्वाचनको घोषणा गरे । उनको कदमले नेकपा राजनीतिक रुपमा (ओली र प्रचण्ड– नेपाल समूह) दुईटा भयो । यद्यपी त्यसले हालसम्म कानुनी मान्यता पाएको छैन ।

पार्टी एक रहँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सदस्यहरुले बैठक राख्न माग गर्दै पत्र बुझाउँदा पनि इन्कार गरेका पुस ५ गतेपछि आफ्नो (ओली) समूहको भेला, बैठकमा व्यस्त भए । संसद् विघटनविरुद्ध सर्वत्र आलोचना भयो ।

प्रधानमन्त्री ओली विशेष अधिकार प्रयोग गरी संसद् विघटन गरेको भन्दै आफ्नो कदमको आधार र औचित्य पुष्टि गर्ने प्रयत्न गरे ।

अर्थात्, उनी आफ्नो कदमको बचाउमा उत्रिए । काठमाडौंमा विभिन्न संगठनहरूको सभामा विपक्षीलाई गाली र आफ्नो कदमको बचाउमा दिनहुँजसो घण्टौँ समय खर्चिए । विराटनगर, धनगढीलगायतका विभिन्न सहरमा ओलीले चुनावी सभा नै गरे । पार्टी विभाजन हुँदा पनि दुई तिहाइ ल्याउने घोषणा गर्दै चुनावी माहोल बनाउने बनाउने गरे । 

संसद विघटनविरुद्धको सर्वोच्च अदालतमा विचाराधीन मुद्दा आफ्नो पक्षमा आउनेमा ओली ढुक्क जस्तै देखिन्थे । सेटिङमा नै संसद् विघटन गरेकाले उनी ढुक्क देखिएको विपक्षीहरु आरोप लगाइरहेका थिए । 

तर, यही फागुन ११ गते अदालतले संसद विघटनको कदम बदर गर्दै १३ दिन भित्र संसद बैठक बोलाउन आदेश गर्‍यो । 

सर्वोच्च अदालतको फैसला आउँदा ओली निवास बालुवाटारमा आफ्नो ७० औं जन्मदिन मनाइरहेका थिए ।  जन्मदिनमा ओलीलाई सर्वोच्चले नमीठो उपहार दिएको चर्चा पनि भयो । 

अदालतको फैसलापछि ओलीको उस्तै दौडधुप 

सर्वोच्चले ओलीको कदममा ब्रेक लगाए पनि प्रधानमन्त्रीको देश दौडाहमा ब्रेक लागेको छैन । ओली दिनहुँजसो शिलान्यास, उद्घाटन गर्न, पार्टीका सभामा सम्बोधन गर्न उपत्यका बाहिर गइरहेका छन् ।

सर्वोच्चको फैसलापछि मध्यावधि निर्वाचन स्वतः रद्ध भयो । निर्वाचन आयोगले पनि आफ्नो तयारी रोकिसकेको छ । तर, ओली चुनावी प्रचारको झल्को दिनेगरी देश दौडाहमा छन् । 

ओली संसद विघटन बदर भएको भोलिपल्ट अर्थात् माघ १२ गतेबाट नै कार्यक्रममा व्यस्त भए । 

१२ गते बालुवाटारमा ओली समूहको स्थायी कमिटी बैठक बस्यो । बैठकमा ओलीले प्रतिनिधि सभा बदर पछिको अवस्थाबारे ब्रिफिङ गरेका थिए । आफ्नै समूहका स्थायी कमिटी सदस्यहरुले राजीनामा दिन सुझाए पनि ओलीले राजीनामा नदिने र संसद् फेस गर्न सुनाएका थिए ।

सोही दिन ओली राजधानीमा आयोजित माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रममा सहभागी भए । फागुन १३ गते ओलीले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे । 

१४ गते (शुक्रबार) ओलीले बालुवाटारमा प्रदेश नम्बर १ र याक एण्ड यती होटलमा गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरे । त्यही दिन ओलीले प्रमुख सचेतकबाट देव गुरूङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरे । त्यस्तै साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्यो । 

फागुन १६ गते प्रधानमन्त्री ओली गृहनगर झापा पुगे । उनी पुल उद्घाटन र शिलान्यासमा व्यस्त रहे । ओलीले जिल्लाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका चारवटा पुलको उद्घाटन र तथा विभिन्न स्थानमा निर्माण हुन लागेका ३१ वटा अन्य पुलको शिलान्यास गरे । 

त्यसको भोलिपल्टै (फागुन १७ गते) ओली पोखरा पुगे । त्यसअघि बिहानै मन्त्रिपरिषद्को बैठक बस्यो । बैठकले यहि फागुन २३ गते अपराह्न चार बजे संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

पोखरामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको ३३ करोड लागतमा बन्ने भवन शिलान्यास गरे । 

साथै गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गरे । उनले पोखरा रंगशालाको निरीक्षण गरेर काठमाडौं फर्किए । 

फागुन १८ गते ओली पुनः दुई दिनमै गृहनगर झापा पुगे । ओली झापा–मोरङको भ्रमण सकेर काठमाडौं फर्किएका छन् ।

दुर्गा प्रसाईंले सञ्चालन गरेको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न उनी झापा पुगेका थिए ।

ओली एक सातामै तीन पटक गृह जिल्ला पुग्ने भएका छन् । आइतबार र मंगलबार झापा पुगेका ओली शुक्रवार पनि जाने तय भएको छ । यही माघ २१ गते (शुक्रबार) ओली आफू पक्षीय पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न झापा जाने उनको सचिवालयले जानकारी दिएको छ । 

अदालतको फैसलाले रौं पनि हल्लिएको छैन भन्ने देखाउन खोजे  

अदालतको फैसलापछि पनि प्रधानमन्त्रीको व्यस्थता बढेको विभिन्न टिकाटिप्पणी भइरहेको छ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पेशागत संगठनको एकता घोषणा कार्यक्रममा ओली झन् आफैं बलियो सम्झिएकोमा आश्चर्य प्रकट गरे । 

“अलिकति पनि नैतिकता भएको मान्छे भए सरकार भरिका परम्परा र  नजिरहरु र हाम्रै विगतका नजिरहरुका अनुसार पनि सीधै आफ्नो प्रस्ताव खारेज भएपछि राजीनामा दिनुपर्नेमा आजभोलि अचम्म लाग्छ केपीजी को कुरा सुन्छु म । उहाँहरु त हामी झन् जित्यौं जस्तो पो गरिरहनु भएको छ,” प्रचण्डले भनेका थिए, “सर्वोच्चले हराइदिएको त झन् बलियो हुने के अचम्म । यो कस्तो सिद्धान्त प्रतिपादन गरेको होला केपीजीले । पाहा पछारिए झैँ पछारिए । झन जित्यौं रे ! “ 

ओलीले तत्काल राजीनामा दिनुपर्ने उनको भनाइ थियो । 

विश्लेषक श्याम श्रेष्ठ पनि ओलीले दौडधुप गरेर सर्वोच्चको फैसलाले केही असर गरेको छैन भन्ने देखाउन खोजेको बताउँछन् । 

“म ठिकठाकै छु । अदालतको फैसलाले मलाई असर गरेको छैन । मेरो रौँ हल्लेको छैन भन्ने सन्देश दिन दौडधुप गरिरहनु भएको छ । नेताहरुमा नैतिकताको त खडेरी नै हुन लाग्यो । नैतिकताको खडेरीको उपज हो,” श्रेष्ठ भन्छन्, “उनीसँग अलिकति पनि नैतिकता हुने भए त राजीनामा दिनुपर्ने हो । संसद्मा बहुमत पनि छैन । अदालतले पनि अलोकतान्त्रिक र असंवैधानिक होस् भनिसकेको छ । उनलाई जनता, अदालतले के भन्लान् भन्ने प्रवाह गरेको  देखिँदैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC