site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीकै बोलीमा लोली मिलाउँदै मन्त्रीहरू
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनयुद्धले खारिएको राता फिलिङ्गामध्ये एक हुन्, मणि थापा । राजनीतिका अतिरिक्त गीत सिर्जना पनि निपुण थापाकै रचनाबाट उद्वेलित र वशीभूत भएर क्रान्तिमा समर्पित हुने थुप्रै थिए, जनयुद्धताक ।

कालान्तरमा तिनै थापा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सही छ भन्ने निष्कर्षमा पुगे । संसद्विहीनता, रिक्तताको कानुनी छिद्रबाट छिरेर मन्त्रीको कुर्सीमा पुगे । प्रधानमन्त्री ओलीको कदम अदालतले उल्ट्याइसकेकाले उनको मन्त्री पद कानुनतः बढीमा ४ महिना टिक्छ ।

पहिलोपल्ट मन्त्री पदमा पुगेका थापाले कार्यसम्पादनमा मात्रै होइन, सार्वजनिक मञ्चमा पनि ख्याल पुर्‍याउनुपर्ने हो । कम्युनिस्ट आन्दोलनको स्कुलमा हुर्किएका थापाले त्यति विचार पुर्‍याउन सकेनन् । र, चिप्लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सुर्खेतमा आयोजित सार्वजनिक कार्यक्रममा थापाको मुखबाट ‘श्री ५ को सरकार’ उछिट्टियो ।

“सुर्खेतका आदरणीय जनसमुदायहरू म सबैलाई नेकपा स्थायी कमिटीका तर्फबाट र श्री ५ को सरकारको तर्फबाट अभिवादन गर्न चाहन्छु,” थापाले सम्बोधनका क्रममा भनेका थिए ।

Global Ime bank

नियतवश नभइ भुलवश थापाको मुखबाट ‘श्री ५ को सरकार’ उम्किए पनि उनको आलोचना नहुने कुरा थिएन । प्रधानमन्त्रीको संविधानविरोधी कमदबाट क्षुब्ध बनेका विपक्षी र आम नागरिकले पनि मन्त्रीको सक्दो आलोचना गरे । थापा सार्वजनिकरूपमै आत्मालोचित पनि भए ।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना अभिव्यक्तिका कारण बारम्बार विवादमा आइरहन्छन् । दोस्रोपटक सरकारको नेतृत्व गरेयता नै उनले बोलीमा लगाम लगाउनुपर्ने टिप्पणी भइ नै रहेको थियो ।

तर, पुस ५ गतेयता उनी बढी नै असहिष्णु भावमा प्रकट हुन थालेका छन् । विपक्षीलाई सत्तोसराप गर्नेदेखि ‘सहिद भएर गएको भए श्रद्धाञ्जलि दिन्थेँ’ भन्नेसम्मका अभिव्यक्ति प्रधानमन्त्री ओलीको छुद्रताको मानक बनेका छन् ।

अभिव्यक्तिकै कारण प्रधानमन्त्री सर्वत्र आलोच्य बनिरहँदा मन्त्रीहरूले पाठ सिक्नुपर्ने हो । विडम्बना मन्त्रीहरू उनकै बोलीमा लोली लगाइरहेका छन् । प्रधानमन्त्रीकै दुर्वचनको सिको गरिरहेका छन् । र, भाषणहरूमा प्रस्तुत भइरहेका छन् ।

सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पाटन कलेज फर प्रोफेसनल स्टडिजको तेस्रो दीक्षान्त समारोहमा दिएको मन्तव्य अहिले खुबै चर्चामा छ । दीक्षान्त समारोहका मुख्य वक्ता रहेका शिक्षामन्त्रीले देशको शैक्षिक अवस्था, विद्यार्थीहरूको भविष्य, पठन पूरा गरेका विद्यार्थीहरूलाई कसरी व्यावसायिक बनाउने, ज्ञान, सीप, क्षमता राष्ट्र विकासका लागि खर्चने आदि योजना पस्नुपर्ने हो । त्योसँग सम्बधित धारणा सुनाउनुपर्ने थियो । मूलतः सरकारको नीति बताउनुपर्ने थियो ।

तर, उनले आफ्नो ओहोदा बिर्सिए । प्रधानमन्त्रीलाई हटाउने कोही माइकालाल जन्मिएको छ ? भन्दै अप्रासंगिक भाषण गरे । 

“यो दुनियाँमा कोही माइकालाल जन्म्या छ ? केपी ओलीलाई कठालोमा समातेर ल्याउने ? यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन । केपी ओली इज द केपी ओली । फुटबलको पेलेजस्तै हो । कसैलाई रहर लागेर १३ दिनभित्र राजीनामा दिएन भने सडकमा ल्याएर पछार्छु रे...! के भन्या यो ? तागत छ ? जसरी बुझ्न मन लाग्छ बुझ्नुस् । यथार्थ सत्य यही हो । के राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिन्छ ? राजीनामा दे भन्नेहरूले बनाएको प्राइमिनिस्टर हो ? अदालतको फैसलाले आएको सरकार हो यो ? यो त जनताका जनताको जनमतको बलमा आएको सरकार हो । ढुक्क हुनुस्, ढुक्क हुनुस् । हिजोभन्दा बलियो, पावरफुल सरकारको एजुकेसन मिनिस्टर यहाँ हाजिर छ । हिजोभन्दा पावरफुल भा’छु । कसैलाई रहर लागेर खुरुक्क राजीनामा देला भन्ठानेको होला । अहिलेको राजनीतिक निकासको अन्तिम उपाय भनेको जनादेश, तीन करोड जनतासँग सोध्ने भन्या हो । अदालतले फैसला गरेर सोध्न दिन्नँ भनेर तीनजना न्यायाधीसले फैसला गर्दिइहाल्नुभयो । फैसला गरेको मान्दिन्छौँ हामी । यसले समाधान दिँदैन, प्यारा विद्यार्थी भाइबहिनीहरू,” उनले मन्तव्यका क्रममा भनेका थिए ।

मन्त्रीको अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस भइरहेको छ । यो बहस सेलाउन नपाउँदै सरकारका वन तथा तथा वातावरणमन्त्री प्रेम आले चर्चामा छन् ।

“जोजो मुछिएका छन् । जसले गल्ती गरेको छ । तिनलाई हदसम्मको कारबाही गर्ने भनेर सार्वजनिक लेखा समितिले निर्णय गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हामीले प्रतिवेदन बुझायौँ । छानबिन पनि भइरहेको छ । वैज्ञानिक वन खारेज हुँदैन । यही कारणले प्रधानमन्त्रीले मलाई जिम्मेवारी सुम्पिनुभयो । छिटो वैज्ञानिक वन खारेज हुनुपर्छ भन्ने उहाँको मान्यता थियो । जुन दिनमा मैले पद बहाली गरेँ । काठ व्यवसायीदेखि लिएर, वनका केही बदमास कर्मचारीदेखि लिएर साराले भेट्ने प्रयास गरे । भेटौँ मन्त्रीज्यू भने । म कसैलाई भेट्दैन भनेँ । म कसैलाई भेट्दा पनि भेट्दिनँ । पछि कुरा केसम्म आयो भने हामी एक अर्ब पैसा उठाएर दिन्छौँ । अनि मैले भनेँ एक अर्ब पैसा समातेर आफ्नो मुखमा कालो मोसो आफैँ दल्ने मैले ? हुँदैन भनेर इन्कार गरेँ,” उनको अभिव्यक्ति थियो ।

त्यसो त, प्रेम आलेको पृष्ठभूमि सफा छैन । उनी आफैँ पनि वनसम्बन्धी मुद्दामामिलामा परेका व्यक्ति हुन् । अहिले यस प्रकारको अभिव्यक्ति दिएर उनले आफ्नो पदको गरिमा कायम राख्न नसकेको र के बोल्नुपर्ने हो ख्याल समेत पुर्‍याउन नसकेको टिप्पणी भइरहेको छ । आलोचना भइरहेको छ ।

तर, जति आलोचना गरे पनि मन्त्रीहरूको प्रधानमन्त्रीको बोली, शैली अनुकरण स्पर्धामा कुनै कमी आएको देखिँदैन । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC