site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बहिनीको साहसले खुल्यो ‘न्यायको ढोका’ 
फाइल फोटो : प्रविन मृत्यु प्रकरणमा न्याय माग्दै उर्लाबारीमा प्रदर्शन गरिरहेका स्थानीय र इन्सेटमा सदीक्षा बास्तोला ।
Sarbottam CementSarbottam Cement

विराटनगर । पुस ५ गते मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोलाको शव स्थानीय गोदाबरी अस्पतालमा फेला पर्‍यो । परिवारले हत्या नै भएको दाबी गर्‍यो । इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिए । तर, प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर बास्तोला मृत्यु प्रकरण सम्बन्धी मुद्दा सरकारी वकिल कार्यालयले अदालत लगेन । सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन (मिसिल) अनुसार अदालतमा मुद्दा दर्ता नगरी पक्राउ परेका एक आरोपीलाई माघ २ गते हाजिरी जमानीमा छाड्न निर्देशन दियो । 

मुद्दा अदालत नपुगेपछि परिवार बिलखबन्दमा पर्‍यो । मृतककी बहिनी सदीक्षा बास्तोला अमेरिकामा बस्थिन् । उनले दाजुको मृत्युको खबर पाइन् । पहिले विश्वास नै भएन । अमेरिकामा पाइलट कोर्ष गरिरहेकी थिइन् । मुद्दा अघि नबढेको विषयले उनको मन पोल्यो । हवाई जहाजको टिकट काटिन् । सोझै काठमाडौं उत्रिइन् । अनि उर्लाबारी पुगिन् । जसरी पनि न्याय पाउनु थियो ।

आत्मविश्वासमा अडिग थिइन्, सदीक्षा । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी कार्यालय धाउनु र अनुसन्धान प्रगतिबारे बुझ्नु उनको दैनिकीजस्तै बन्यो । तर, जब सदीक्षाले प्रहरीले मृत्युसम्बन्धी तयार गरेको मिसिलमा आफ्नो दाजुको नभएर अरु कसैको फोटो देखिन्, छक्क परिन् । उनले तत्कालै फेसबुकमार्फत सबै विषय लाइभमा आएर सार्वजनिक गरिदिइन् । फोटो साटफेर भएको विषयमा पछि नेपाल प्रहरीका एसपी तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले प्रहरीको गल्ती भएको विराटनगरमा पत्रकार सम्मेलन गरेर स्वीकार गरे । तर, मृतकको परिचय नै बदलिने नभएको बरु पहिल्यैदेखि प्रहरीले कर्तव्य ज्यान मुद्दा नै अघि बढाएकाले ‘बद्नियतपूर्ण’ तवरले काम गरेको भन्ने आरोप मिथ्या मात्र भएको दाबी गरे ।

सामाजिक सञ्जालबाट दबाब

Global Ime bank

हक्की स्वभावकी सदीक्षाले न्यायका लागि आफन्त र छरछिमेकीको पनि दह्रो साथ पाइन् । फोटो फरक परेको थाहा पाएका स्थानीयले सदीक्षालाई साथ दिँदै उर्लाबारी प्रहरी कार्यालय घेराउ गरे । प्रदेश १ को राजधानी विराटनगरस्थित सरकारी वकिल कार्यालय र जिल्ला प्रशासन कार्यालयसम्म पुगेर न्याय मागे । 

उनले आफ्नो माग सामाजिक सञ्जालमार्फत आम नागरिक र देशविदेशका नेपालीलाई जानकारी गराउन छाडिनन् । यो प्रयासले अनलाइन मिडिया, रेडियो, टेलिभिजन, पत्रपत्रिका र युट्युब च्यानलदेखि टिकटकसम्ममा वाहवाही मिल्यो । सहानुभूूति र न्यायको माग बढ्यो । प्रहरी र प्रशासनलाई पनि दबाब पर्‍यो । तर, यो लडाईं न्यायको लागि थियो । 

यसमा राजनीति नगर्न आग्रह गर्दै सदीक्षाले भनिन्,“कतिपय व्यक्तिले अहिलेको यो विषयलाई राजनीतिकरण गर्न खोज्नु भएको पनि सुनिन थालेको छ । हामी न्यायका लागि लडेका हौं । कसैले राजनीति गर्न खोजे उसकैविरुद्ध मुद्दा हाल्छु ।” न्यायको लागि आफूलाई आफन्त र न्यायप्रेमी स्थानीयको ठूलो सहयोग मिलेको उनले बताएकी छन् । 

सामाजिक सञ्जालको सही प्रयोग गर्दा यसले सकारात्मक सहयोग मिल्नेसमेत यो घटनामा देखिएको उर्लाबारीका स्थानीय पत्रकार तेजन खड्काले बताएका छन् । उनले भने, “सामाजिक सञ्जालको सही सदुपयोग गर्दा न्यायको ढोकासमेत खुल्ने रहेछ भन्ने परिदृश्य यो घटनाले उजागर गरिदिएको छ ।”

घटना यसरी भयो

मोरङ प्रहरीका अनुसार उर्लाबारी–४ का रमेश गिरीको घरमा डेरा बस्ने रिकेश शिवा भनिने मेहरमान दर्जीले बास्तोलालाई टेलिफोन गरेर बोलाएका थिए । त्यसको भोलिपल्ट बास्तोलाको शव अस्पतालमा भेटिएको थियो ।  

शिवासहित राजेश रणपहेली र दिपेश पौडेलेले बसपार्क नजिकको सौरभी होटलमा सँगै मदिरापान गरेका थिए । बास्तोला शिवाको डेरामा सुत्न गए । राति नै मृत्यु भयो । परिवारले त्यसबारे पुस ५ गते बिहान ११ मात्र थाहा पाए । बास्तोलाको शव धरानस्थित बीपी प्रतिष्ठानमा शल्यपरीक्षण गरिएको थियो । त्यसमा निसास्सिएर मृत्यु भएको भन्ने रिर्पोट आएको छ । 

एसपी खड्काका अनुसार उर्लाबारी ६ का राजेश रणपहेली, दीपेश पौडेल, सुदीप परियार, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । घटनाको सम्बन्धमा परिवारबाट पुस ९ गते इप्रका उर्लाबारीमा किटानी जाहेरी परेको थियो । रणपहेली पक्राउ परेका थिए । तर, माघ २ गते सरकारी वकिलको कार्यालयको निर्देशनपछि हाजिरी जमानीमा छुटे । प्रहरीले फेरि मुद्दा दर्ता गराएको छ ।

अहिले के हुँदैछ ? 

मोरङ जिल्ला अदालतले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये थप एक जनलाई मंगलबार पूर्पक्षमा पठाउन आदेश दिएको छ । 

न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलासले वर्षीय सुदीप परियारलाई पूर्पक्षमा पठाउन आदेश दिएको हो । परियारलाई कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट सोमबार राति पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराइएको थियो । बास्तोला मृत्य प्रकरणमा प्रहरीले ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको छ ।

घटनामा संलग्न भएको आरोप लागेका उर्लाबारी–६ का राजेश रणपहेली र दीपेश पौडेल फरार छन् । दुवैको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।

चारजना पक्राउ परेकोमा परियार र उर्लाबारी–६ का मेहरमान दर्जीलाई पूर्पक्षमा मोरङ कारागार पठाइएको हो । अदालतको आदेशपछि कुमार राई तीनलाख र रमेश गिरी एक लाख धरौटीमा छुटेका छन् । 

परिवारले सत्यतथ्य छानबिन भइ घटनामा संलग्न भएकाहरुलाई सजाय हुनेमा आशा बढेको बताएको छ । सदीक्षा भन्छिन्, “कमजोरी गर्ने प्रहरी अधिकृतलाई पनि कारवाही होस् । हामीले न्याय पाउनु पर्छ ।” उनले न्याय मागिएको घटनामा राजनीतिक गन्ध मिसाउन नपाइने बताइन् । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC