site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चिनियाँ राष्ट्रपतिको किताब १७ वटा देशमा प्रकाशन र अनुवाद गरिँदै 
Sarbottam CementSarbottam Cement

बेइजिङ । चिनियाँ राष्ट्रपति शि जिनपिङले शासन–विधि सम्बन्धी लेखेको किताबको तेस्रो खण्डको अनुवाद गर्न १७ वटा देशका प्रकाशक घरले बेइजिङमा अधारित विदेशी भाषाको प्रेससँग सहकार्य गर्ने भएका छन् । 

यसमा समावेश देशहरुमा अल्बेनिया, पोल्यान्ड, रोमेनिया, बेलारुस, युक्रेन, अफगानिस्तान, कम्बोडिया, नेपाल, लाओस, बंगलादेश, थाइल्यान्ड, भारत, पाकिस्तान, श्रीलंका, ताजिकिस्तान, किर्जिस्तान र मंगोलिया रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सो किताब गत वर्षको जुन महिनामा चिनियाँ र अङ्ग्रेजी भाषामा सार्वजानिक गरिएको थियो । यसमा कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) केन्द्रिय कमिटीले जिनपिङको नेतृत्वमा कसरी पूरै पार्टी र देशलाई सञ्चालन गरि सुधारका कामहरु गरिरहेको छ भन्नेको रेकर्ड रहेको छ । 

‘शि जिनपिङ : द गभरनेन्स अफ चाइना’ भन्ने किताबका तीन खण्ड रहेका छन् । यसलाई अहिलेसम्म १७० भन्दा धेरै देशमा वितरण गरिसकिएको छ । चिनियाँ प्रकाशकका अनुसार अहिले उनीहरु तेस्रो खण्डको फ्रेन्च, स्पेनिस, रुसी, अरेबिक, जर्मन, जापानी र पोर्चुगिज भर्जनमा पनि काम गरिरहेका छन् ।  सीजीटीएन  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC