बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले शासन-विधिसम्बन्धी लेखेको किताबको तेस्रो खण्डको अनुवाद गर्न १७ वटा देशका प्रकाशन गृहले बेइजिङमा आधारित विदेशी भाषाको प्रेससँग सहकार्य गर्ने भएका छन् ।
यसमा समावेश देशमा अल्बानिया, पोल्यान्ड, रोमानिया, बेलारुस, युक्रेन, अफगानिस्तान, कम्बोडिया, नेपाल, लाओस, बंगलादेश, थाइल्यान्ड, भारत, पाकिस्तान, श्रीलंका, ताजिकिस्तान, किर्जिस्तान र मंगोलिया छन् ।
सो किताब गत वर्षको जुन महिनामा चिनियाँ र अंग्रेजी भाषामा सार्वजानिक गरिएको थियो । यसमा कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) केन्द्रीय कमिटीले जिनपिङको नेतृत्वमा कसरी पूरै पार्टी र देशलाई सञ्चालन गरी सुधारका कामहरु गरिरहेको छ भन्नेको रेकर्ड छ ।
‘सी जिनपिङ : द गभर्नेन्स अफ चाइना’ भन्ने किताबका तीन खण्ड छन् । यसलाई अहिलेसम्म १७० भन्दा धेरै देशमा वितरण गरिसकिएको छ । चिनियाँ प्रकाशकका अनुसार अहिले उनीहरु तेस्रो खण्डको फ्रेन्च, स्पेनिस, रुसी, अरबिक, जर्मन, जापानी र पोर्चुगिज संस्करणमा पनि काम गरिरहेका छन् ।
-सीजीटीएन