site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
४९ घर जलेर खरानी, पीडितलाई पाल टाँगेर राखियो
Sarbottam CementSarbottam Cement

विराटनगर । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आगलागी भएको छ । आगलागीबाट ४९ घर जलेर खरानी बनेको छ । 

मेरिङदेन गाउँपालिका ३, खाम्लुङमा मंगलबार बिहान स्थानीय भोलानाथ पौडेलको घरबाट आगो उठेको थियो । विद्युत् चुहावट (सर्ट) भई सुरु भएको आगोले अन्ततः बजारका ४९ वटा घर खरानीमा परिणत गरिदियो । 

Prabhu Bank
Agni Group
NIC Asia

विहान ९:२५ बाट सुरु भएको आगलागी नियन्त्रण गर्न फुङलिङबाट गएको दमकल, प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय बासिन्दालाई हम्मेहम्मे परेको थियो । स्थानीय दीपेश कार्कीका अनुसार आगोले दोभान बजारलाई उजाड बनाइदिएको छ । उनले भने,“सम्पूर्ण रुपमा बजार खरानीमा परिणत भएको छ ।” आगलागीबाट दोभान मनी ट्रान्सफर र ग्लोबल आईएमई बैंकसहित दर्जनौं घर जलेर नष्ट भएका हुन् ।

आगलागी नियन्त्रणका लागि स्काभेटर लगाएर केही घर भत्काइएको थियो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डीएसपी विपिन रेग्मीले आगलागी नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायले समन्वय गरी मिहिनेत गरेको बताए । उनले भने, “सुक्खा मौसम र नजिकै टाँसिएका घरमा सल्किएको आगो नियन्त्रण गर्न निकै कठिन भयो ।”

Global Ime bank

आगलागीको खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपीको नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन भएको थियो । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले ३३ घरधनीका ४९ वटा घर जलेर नष्ट भएको र यसबाट २२ जना डेरावालसमेत आगलागीबाट पीडित बनेको जानकारी दिएकी छन् ।

आगलागीमा भएको क्षतिको यकिन नभएको तर पीडितलाई अस्थायी रुपमा राखिएको उनले जानकारी दिइन् । खानाको प्रबन्ध रेडक्रस, उद्योग वाणिज्य संघ र सामाजिक संस्थासमेतको सहभागितामा भएको बताइएको छ ।

केही वर्ष पहिले ताप्लेजुङ सदरमुकाम फुङलिङमा भिषण आगलागी हुँदा बजार सखाप भएको थियो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अग्निपीडितको उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आगालागीबाट पीडित बनेकालाई सरकारले राहत दिने बताएका छन् । कतिपय पाल टाँगेर बसेका छन् भने केही आफन्तको शरणमा पुगेको प्रदेश १ का सांसद बलबहादुर साम्सुहाङले बाह्रखरीलाई जानकारी दिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC