site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रामदेवको कोरोना औषधि कति प्रभावकारी ?
Ghorahi CementGhorahi Cement

बीबीसी । भारतीय समाचारहरुमा यतिबेला कोरोना भाइरसविरुद्ध प्रभावकारी दाबी गरिएको आयुर्वेदिक औषधि, ‘कोरोनिल’ बारे अधिक चर्चा भइरहेको छ । 

सो औषधि केही समय अगाडि मात्र ल्याइएको हो जसको समारोहमा मन्त्रीहरु पनि उपस्थित थिए । तर कोरोनाविरुद्ध यसले काम गर्छ भन्ने अहिलेसम्म कुनै वैज्ञानिक प्रमाण छैन र प्रयोगका लागि यसलाई स्वीकृत गरिएका सम्बन्धी पनि भ्रामक दाबीहरु गरिएको पाइएको छ । 

के हो कोरोनिल ?

Agni Group

यसलाई परम्परागत भारतीय औषधिमा प्रयोग हुने जडिबुटीको मिश्रणबाट बनाइएको बताइन्छ । भारतको चर्चित आयुर्वेद कम्पनी पतन्जलीले, ‘कोरोनिल’ को नाममा यसको बिक्री गरिरहेको छ । वास्तवमा यो सबैभन्दा पहिले जुनमा सार्वजनिक भएको थियो र योगगुरु बाबा रामदेवले यसको प्रचार गरेका थिए । बिना कुनै आधार उनले यसलाई कोभिड–१९ को उपचार भनि व्याख्या गरेका थिए । 

तर भारत सरकारको हस्तक्षेपपछि यसको बजारीकरण रोकिएको हो । सरकारले यो औषधिले काम गर्छ भनेर देखाउने कुनै डाटा नभएको त्यतिबेला बताएको थियो । तर पनि ‘इम्युनिटी बुस्टर’ का रुपमा प्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्न सक्छ भनेर यसलाई बिक्री गर्ने अनुमति दिइएको थियो ।  

Global Ime bank

यसै वर्षको फेब्रुअरी १९ मा कम्पनीले स्वास्थ्य मन्त्री डाक्टर हर्ष वर्धनसँगै अर्को समारोह पनि सञ्चालन गरेको हो जसमा फेरि पनि यसले कोभिड–१९ को उपचार गर्छ र भाइरसबाट जोगाउँछ भन्ने दाबी दोहोर्याइएको छ । 

यसरी स्वास्थ्य मन्त्रीले नै आधारहीन दाबीको समर्थनमा उपस्थिति जनाएपछि ‘इन्डियन मेडिकल असोसिएसन’ बाट मन्त्री हर्षवद्र्धन आलोचित भएका थिए । 

उनीहरुले यसलाई ‘अवैज्ञानिक औषधि’ को प्रचार ठहर गर्दै मन्त्रीसँग स्पष्टीकरण मागेका थिए । 

पतन्जली कम्पनीले चाहिँ मन्त्रीको बचाउमा उनले आयुर्वेदको कुनै प्रायोजन नगरेको र आधुनिक औषध विज्ञानलाई पनि अवहेलना गर्न नखोजेको बताएको छ । 

कोरोनिल सम्बन्धी केकस्ता दाबी गरिएका छन् ?

कम्पनीले अझै पनि यो उत्पादनले कोभिड–१९ विरुद्ध काम गर्छ भन्नेमा जोड दिइरहेको छ । पतन्जलीका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णले बीबीसीसँग भनेका छन् , “यसले मानिसहरुको उपचार गरेको छ र ठीक पनि गराएको छ ।” 

यसका साथै पतन्जलीले बीबीसीलाई विभिन्न जर्नलमा प्रकाशित ट्रायल र तिनका नतिजा पनि हेर्न भनेको हो । 

यसले विशेषगरी स्वीसमा आधारित नोभेम्बरमा प्रकाशित एक अध्ययनतर्फ संकेत गराएको छ जुन ल्याबमा आधारित ट्रायल थियो । 

तर यो रिसर्च माछामा गरिएको थियो र त्यसमा कोरोनिलले मान्छेमा कोभिड निको पार्दछ भन्ने प्रमाणबारे कतै कहिँ उल्लेख गरिएको छैन । 

बेलायतको ‘युनिभर्सिटी अफ साउदएम्टन’ मा ग्लोबल हेल्थविद् डाक्टर माइकेल हेडका अनुसार ल्याबमा प्रारम्भिक क्लिनिकल ट्रायल गर्नु र त्यसले मान्छेमा पनि काम गर्नेछ भनेर नियामकबाट स्वीकृति पाउनु बीच धेरै ठूलो भिन्नता छ । 

उनले भने, “धेरै औषधिहरुले ल्याब परीक्षणमा आशादायी परिणाम देखाउँछन् तर मान्छेमा ट्रायल गर्दा विभिन्न कारणवश तिनले काम गर्न सक्दैनन् ।”

गतवर्ष मे र जुन महिनाका बीच कोरोना पोजेटिभ भएका ९५ बिरामीमा यसको ट्रायल गरिएको थियो । तीमध्ये ४५ जनालाई यो उपचार प्रदान गरियो र बाँकी ५० जनाको समूहलाई चाहिँ कुनै औषधि दिइएको थिएन । 

पतन्जली कम्पनीले त्यसैको नतिजा ‘साइन्स डाइरेक्ट’ नामक जर्नलमा प्रकाशित गरिएको र अरु विज्ञहरुबाट पनि विश्लेषण भइसकेको बताइरहेको छ । 

यसमा कोरोनिल प्राप्त गर्नेहरुले नगर्नेको तुलनामा छिटो ठीक भएको दाबी गरिएको छ । तर यो अत्यन्तै सानो स्याम्पलमाथिको अध्ययन थियो । यसकारण स्पष्ट निष्कर्ष निकाल्न कठिन हुने गर्छ किनकि ठीक हुनमा अन्य कारकहरुको भूमिका पनि हुन सक्ने बताइएको छ । 

कोरोनिलले कुनै आधिकारिक स्वीकृती पाएको छ ?

उत्तराखन्डमा अवस्थित पतन्जली कम्पनीले २०२० डिसेम्बरमा स्टेटको आधिकारिक निकायसँग कोरोनिलको तत्कालीन लाइसेन्स ‘इम्युनिटी बुस्टर’ बाट ‘कोभिड–१९ को औषधि’ मा बदल्न माग गरेको थियो । 

यसपछि जनवरीमा कम्पनीले ‘कोभिड ठीक गर्न सघाउने उपाय’ का रुपमा स्वीकृती पाएको खबर गरेको थियो । 

तर यता स्टेटका अधिकारीहरुसँग बीबीसीले प्रश्न गर्दा उनीहरुले कम्पनीलाई नयाँ लाइसेन्स दर्ता गराएको तर त्यो कोभिडको उपचार होइन भनेर स्पष्ट पारेको बताएका हुन् । 

‘स्टेट लाइसेन्सिङ’ निकायका परम्परागत औषध विभाग तर्फका निर्देशक डाक्टर वाइएस रावतले भने, “अपग्रेड गरिएको नयाँ लाइसेन्सको अर्थ अब यसलाई जिंक, भिटमिन सी, मल्टाइ–भिटमिन्स लगायत अन्य पोषण तत्वयुक्त औषधि जसरी बिक्री गर्न सकिन्छ । तर कोरोनिल कोभिडको उपचार चाहिँ होइन ।”

अर्कोतर्फ पतन्जली कम्पनीले चाहिँ आफूहरुसँग राम्रो उत्पादन अभ्यास (जीएमपी)को सर्टिफिकेट भएको र विश्व स्वास्थ्य संगठनको नीतिसँग समान रहेको दाबी गरेको छ । 

वरिष्ठ कार्यकारी राकेश मित्तलले त आफ्नो ट्वीटमा कोरोनिललाई डब्लूएचओले पहिचान गरेको भन्ने दाबी समेत गरेका थिए तर पछि सो ट्वीट डिलिट गरिदिएका हुन् । 

जीएमपीको सर्टिफिकेट भारतको शीर्ष औषध निरीक्षकले, विश्व स्वास्थ्य संगठनले पहिचान गरेको स्किम अन्तर्गत प्रदान गर्ने गर्दछ । यसले निर्यातमा उत्पादनको गुणस्तर सुनिश्चित गराउने गर्छ । तर जीएमपी सर्टिफिकेट, औषधिको प्रभावकारीतासँग कतै सम्बन्धित नभएको डाक्टर रावतले बताए । 

यसले केबल उत्पादित सामग्रीको गुणस्तर कायम गर्ने उनको भनाइ छ । 

साउदएम्टन युनिभर्सिटीका डाक्टर हेडले भनेका छन्, “कोभिड–१९ बाट बचाउनमा या यसको उपचारमा ‘कोरोनिल’ लाभदायक छ भन्ने हाल कुनै स्पष्ट वैज्ञानिक प्रमाण छैन ।”

बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC