site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुनःभरण परियोजना नेपाली सेनाको श्रीराजदल गणलाई हस्तान्तरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाटरएड नेपाल र कोका कोला फाउन्डेसनको सहयोगमा एकीकृत शहरी विकास केन्द«ले आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुन भरण परियोजना नेपाली सेनाको श्रीराज दल गण हाताभित्र हस्तान्तरण गरेको छ ।  जनवरी २०२० मा शुरु भएको यस सहकार्यात्मक परियोजना ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा राजदल पाटन ब्यारेकमा हस्तान्तरण गरिएको हो ।

पाटन शहरको उच्च स्थानमा अवस्थित, लगनखेल क्षेत्र एउटा प्राकृतिक पुनःभरण क्षेत्र हो जहाँ भूमिगत जल पुनःभरण हुन्छ, जसले सामुदायिक इनार र ढुङ्गे धारामा पानीको आपूर्ति गर्दछ । यो परियोजना लगनखेल तथा यसका वरपरका क्षेत्रहरूमा भूमिगत जलको पुनःभरण गर्ने गरी र यस प्रविधिलाई अझ व्यापक समुदायहरू माझ प्रदर्शन गर्ने लक्ष्य राखेर सञ्चालनमा ल्याइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ब्यारेक परिसरभित्र ५१ वटा फिल्टर च्याम्बरसहितको ५१ पुन भरण इनारहरू निर्माण गरिएका थिए । यी इनारमार्फत सम्भाव्य जल पुन भरणको अपेक्षित वार्षिक परिमाण ५ करोड १० लाख लिटर रहेको जनाइएको छ । यसका अतिरिक्त सतहमा बग्ने पानीबाट थिगर तथा बालुवा हटाउनका लागि, यस क्षेत्रमा फोहर पानी ल्याउन सक्ने ठाउँहरूमा तिन वटा थिगर (सिल्ट) हटाउने बेसिनहरूको पनि निर्माण गरिएको थियो । भूमिगत जलको पुन भरण सम्बन्धी पहलकदमीको कार्यकुशलता प्रदर्शन गर्नका लागि एउटा वर्षा बगैँचाको निर्माण पनि गरिएको छ ।

नेपालमा कोका–कोला कम्पनीका देशीय निर्देशक अम्बुज सिंहले पानीका स्रोतहरूको संरक्षण तथा पुन भर्ने, जिम्मेवारीपूर्ण पानीको प्रयोगको प्रवर्धन तथा सबैजनाका लागि सफा पानीमा पहुँच सुनिश्चित गर्न सहयोग पुर्‍याउने जिम्मेवारी रहेको बताए । शहरी तथा ग्रामीण समुदायहरूमा जल संरक्षण अभ्यासहरू तथा अन्य नवीनतम परियोजनाहरूलाई प्रोत्साहित गर्न र कार्यान्वयनलाई हाँक्नका लागि नेपालमा वाटरएडसँगको साझेदारीले गति लिएको उनले बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC