site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बी डिभिजन लिग : सातदोबाटो युथ क्लबको अपराजित यात्रा कायमै, आरसीटी १-० ले विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । भगवती क्लबमाथि १-० को साँघुरो जित निकाल्दै सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजिन लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोको अपराजित यात्रालाई निरन्तरता दिन दोर्जे तामाङको गोल निर्णायक बनेको थियो । पेनाल्टीबाट निर्णायक बनेको गोल खेलको २५औं मिनेटमा भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भगवतीका खेलाडीले विपक्षीको बल रोक्ने क्रममा पेनाल्टी क्षेत्रमा ह्यान्ड भएपछि सातदोबाटोलाई पेनाल्टी अवसर मिलेको थियो । दोर्जेले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीको अपराजित यात्रालाई निरन्तरता दिएका हुन् ।

जितपछि सातदोबाटोको ८ खेलबाट २२ अंक जोडेको छ । पराजित भगवतीको ८ खेलबाट ६ अंक भएको छ ।

Global Ime bank

‘बी’ डिभिजिन लिगअन्तर्गत सोमबारकै अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) ले पनि टुसाल युथ क्लबमाथि १-० को साँघुरो जित निकालेको छ । एन्फा कम्प्लेक्सकै मैदानमा सम्पन्न दिनको पहिलो खेलमा आरसीटीलाई हराउन ७३औं मिनेटमा अजित गुरुङले गरेको गोल निर्णायक बनेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए ।

रोमाञ्चक जित निकालेको आरसीटी लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । आरसीटीको ८ खेलबाट १२ अंक भएको छ । उता पराजित टुसालको समान ८ खेलबाट ८ अंक नै छ । टुसाल सातौं स्थानमा छ ।

लिगमा मंगलबार पनि दुई खेल हुनेछन् । पहिलो खेल मध्यपुर युथ एसोसियसन र कुमारी क्लब तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबबीच हुनेछ । दुवै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC