site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निक्षेपभन्दा कर्जाको वृद्धिदर उच्च, दुई सातामा २३ अर्ब निक्षेप ४५ अर्बले कर्जा विस्तार
Sarbottam CementSarbottam Cement

काठमाडौं । निक्षेपभन्दा दुई गुणाले कर्जा विस्तार गर्दा बैंकहरुमा तरलता घट्दै गएको छ । पछिल्लो दुई सातामा मात्रै वाणिज्य बैंकहरुले ४५ अर्बले कर्जा विस्तार गर्दा निक्षेप भने २३ अर्बले मात्रै बढेको छ ।

कोभिड-१९ पछि बैंकहरुले आक्रमक रुपमा कर्जा विस्तार बैंकिङ प्रणालीमा क्रमशः तरलता संकुचन हुँदै गएको छ । पुस मध्यसम्म २ खर्बमाथि अधिक तरलता भएको बैंकिङ प्रणालीमा फागुन १४ सम्म आउँदा तरलता ६० अर्बको हाराहारीमा झरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकहरुले कर्जा विस्तारमा आक्रामक रुपमा लागेपछि सोहीअनुसार निक्षेपलाई प्राथमिकता दिएनन् । अधिक तरलताले गर्दा लागत कम गर्न भन्दै बचतको ब्याजदर न्यून विन्दुमा आउँदा निक्षेपकर्ता उपभोगमुखी भएन भने अर्कोतर्फ सेयर बजारमा बढ्दो आकर्षणले गर्दा निक्षेपकर्ता बैंकमा पैसा राख्नेभन्दा सेयर बजारमा लगानी गर्नेतर्फ ध्यान दिए । जसले गर्दा चालु आर्थिक वर्षमा कर्जा विस्तारको तुलनामा निक्षेप निकै कम देखिएको छ ।

कोभिडपछि विश्वका कैयौं मुलुकमा ‘क्रेडिट’ ग्रोथ न्यून रहे पनि नेपालमा भने उच्च देखिएको छ । जसलाई सकारात्मक मान्न सकिने पनि विषय परिस्थितिमा उत्पादन क्षेत्रमा आवश्यक पर्ने लगानी रियल स्टेट तथा मार्जिन लेन्डिङतिर आकर्षित हुनु भने चिन्ताको विषय देखिएको छ । बैंकरहरु पनि मार्जिन लेन्डिङ, घरजग्गा, व्यक्तिगत तथा आयातमा कर्जाको माग बढिरहेको र सोहीअनुसार कर्जा प्रभाव भएको बताउँछन् ।

Global Ime bank

असार मसान्तयता वाणिज्य बैंकहरुले मात्रै तीन खर्ब २२ अर्ब निक्षेप संकलन गर्दा चार खर्ब ५९ अर्बले कर्जा विस्तार गरेका छन् । गत असार मसान्तमा २९ खर्ब तीन अर्ब रहेको बैंकहरुको कर्जा लगानी फागुन १४ गते ३३ खर्ब ६२ अर्ब पुगेको छ । यस्तै असार मसान्तमा ३४ खर्ब ८७ अर्ब रहेको निक्षेप फागुन १४ मा ३८ खर्ब ९ अर्ब पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC