site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारका प्रवक्ता भन्छन्- अब संसद्‌बाटै फैसला हुन्छ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने भन्दै अब संसद्‌बाटै फैसला हुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सोमबार उनले प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताए । 

संसद पुन:स्थापना भएपछि अधिवेशन अनिवार्य भएको र प्रतिनिधिसभा बैठक बोलाउनल सिफारिस गरेर अदालतको आदेशको कार्यान्वयन गरेको बताए । “प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्न र संसदीय प्रक्रियाबाटै अब संसद\ अधिवेशन आह्‌वान भइसकेको छ । त्यसबाटै आफ्नो फैसला गर्ने कुरा म राख्न चाहन्छु,” प्रवक्ता गुरुङले भने, “नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्नेहरूले राजनीतिक ढंगबाट संन्यास लिँदा अझ राम्रो हुने पो देखिन्छ ।” उनले प्रधानमन्त्री ओलीले अहिले मैदान खाली नगर्ने पनि बताए ।

प्रतिनिधिसभा विघटन बदरपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने कुरा उठिरहेको भन्दै सुरुमा आफूहरू पनि अन्योलमा परेको उनको भनाइ थियो । तर, सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुन:स्थापनापछि प्रधानमन्त्रीले राजीनामा गर्नुहुँदैन भन्ने कुराको फैसलाले प्रस्ट भएको गुरुङले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC