खेल
काठमाडौं । धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको सहप्रायोजकको रुपमा ब्राइट–वे पब्लिक स्कुल जोडिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि धनगढीको हसनपुरमा रहेको ब्राइट–वे पब्लिक स्कुल सह–प्रायोजकको रुपमा सहयोग गर्ने भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र ब्राइट–वे पब्लिक स्कुलका प्रबन्ध निर्देशक सुवास शाहीले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७ १७:०७
प्रतिक्रिया दिनुहोस्