site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एक सातामा १६६ अंकको करेक्सनपछि ४० अंकले बढ्यो नेप्से  
Ghorahi CementGhorahi Cement

काठमाडौं । गत साताबाट करेक्सन सुरु भएको सेयर बजारमा आज साताको दोस्रो कारोबार दिन भने हरियाली देखिएको छ । गत साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ‘अल टाइम हाई’ रेकर्ड २६४०.३५ अंकसम्म पुगेको थियो ।

गत सोमबारबाट करेनस हुन सुरु भएको नेप्से हिजोसम्म १६६.०६ अंकको करेक्सन भएपछि आज भने ४०.६४ अंकले वृद्धि भएको छ । आइतबार ३.१२ प्रतिशतको गिरावटसहित २४७४.३९ अंकमा झरेको नेप्से आज १.६४ प्रतिशतले वृद्धि भएर २५१५.०३ अंकमा बन्द भएको छ ।

Agni Group

सुरुवातबाट नै तीव्र उतार–उढाव देखिएको बजारमा सुरुवाती केही समय बिक्री चाप हाबी हुँदा गिरावट हुँदै आजको ‘इन्ट्रा–डे’ कारोबारमा २४४१.७१ अंकसम्म झरेको थियो  । तर, केही समयमा नै एक्कासि बढेको खरिद चापले गर्दा हरियाली छाएको बजारमा नेप्सेले कारोबार बन्द हुन करिब ३० मिनेटअगाडि २५२४.६२ अंकको उच्च विन्दु कायम गरेको थियो ।

बजार परिसूचकमा हरियाली छाए पनि आज कारोबार रकम ६ अर्ब पनि पुग्न सकेन । आइतबार ८ अर्ब ३५ करोडमाथिको कारोबार भएको नेप्सेमा आज ७० हजार ३३९ वटा कारोबारमा २०९ कम्पनीका एक करोड १८ लाख ३८ हजार ४८८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६९ करोड २३ लाख १७ हजारको कारोबार भएको छ ।

Global Ime bank

सेयर बजारमा सोमबार १२ वटै उपसूचकमा हरियाली छाउँदा साल्ट ट्रेडिङ लिमिटेडको मात्रै कारोबार हुने व्यापार उपसूचक ३.३२ प्रतिशतले बढेको छ । यस्तै, जीवन बिमा र वित्त कम्पनी उपसूचक २ प्रतिशतमाथिले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक करिब ३ प्रतिशले बढेको छ । इन्भेस्टमेन्ट र लघवित्त उपसूचक पनि करिब २ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक भने १.५ प्रतिशतले वृद्धि भएको छ ।

बजारमा आज कारोबार रकममा नेपाल इन्फ्रास्ट्रचर बैंकले लिड गरेको छ । सेयर मूल्य ४.१३ प्रतिशतले बढेर ५२९ रुपैयाँ पुगेको कम्पनीको सर्वाधिक १५ हजार ४७७ पटकको कारोबारमा ८ लाख ६३ हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ४४ करोड ४८ लाख ५२ हजारको कारोबार भएको छ । यस्तै, शिखर इन्स्योरेन्सको ३० करोड ७ लाख ९९ हजार र ग्लोबल आईएमई बैंकको २३ करोड ४ लाख ७७ हजारको कारोबार भएको छ ।

आजको कारोबार दिनमा चन्द्रागिरि हिल्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.१३ प्रतिशत, बरुण हाइड्रोको सेयर मूल्य ६.७९ प्रतिशतले बढ्दा गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र आशा लघुवित्तको सेयर मूल्य पनि ६ प्रतिशतमाथिले बढेको छ ।

खानीखोला लघुवित्त, महुली सामुदायिक लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य भने सामान्य घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC