site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालको सुझाव- नेकपा प्रयोग गर्ने कुनै अधिकार छैन, केपी ओली फाउन्डेसन खोल्नुस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई ‘फाउन्डेसन’ खोल्न सुझाव दिएका छन् । पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता सभालाई कार्की ब्याङ्क्वेटमा सम्बोधन गर्दै उनले ओलीलाई नाम र चिह्न प्रयोग गर्ने कुनै अधिकार नरहेको जिकिर गरेका हुन् ।

ओली कारबाहीमा परिसकेको र त्यसको जानकारी निर्वाचन आयोगले पाइसकेकाले उनका गतिविधि अवैध रहेको नेपालले बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हामीले उनलाई (केपी) ओलीलाई हटाएका छौं । तर उनी नेकपाको अध्यक्ष भनेर भाषण गरेर नेकपाको नाम, उही चिह्न उही झन्डा प्रयोग गरेर हिँडिरहेका छन् । अरू पार्टीलाई पनि एउटै पार्टीको हो कि भन्ने भ्रममा पारेका छन् । निर्वाचन आयोगमा हामीले केपी ओली अब अध्यक्ष नरहेको जानकारी गराइसकेका छौँ । केपी ओली विधानभन्दा माथि हुन सक्छन्  ? कमिटीलाई हटाउने अधिकार हुन्छ । नेकपाको नाम प्रयोग गर्ने अधिकार केपी ओली र उनका नजिककालाई छैन ।”

‘केपी ओली फाउन्डेसन खोले’ राम्रो हुने भन्दै नेता नेपालले निर्वाचन आयोगले कानुनसम्मत आधिकारिकता विवाद निरूपण गरिदिने बताए । “यो पार्टी नै आधिकारिक भन्नेमा द्विविधा छैन । सूर्य चिह्न हामी जहाँ छौँ, त्यहीँ छ,” उनले भने ।

Global Ime bank

उनले देव गुरूङलाई मुख्य सचेतकबाट हटाउने कुरा पनि अधिकारभन्दा बाहिरको भएको बताए । संसदीय दलको नेताबाट निष्कासितले प्रमुख सचेतक फेर्न नसक्ने उनको भनाइ थियो । कार्यक्रम जारी छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC