site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री ओलीले पोखरा पुगेर भने– चार वर्ष मेरो डेरा यहीँ थियो
Sarbottam CementSarbottam Cement

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा आफू पोखरामा डेरा गरेर बसेको र यस क्षेत्रको बारेमा जानकार रहेको बताएका छन् ।

सोमबार पोखरामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यासपछि उनले गण्डकी प्रदेशका सम्भावना र विकासबारे आफू जानकार रहेको बताएका हुन् । झापा विद्रोहपछिको १४ वर्षे जेल जीवनको क्रममा उनी तीन वर्ष पोखरा र एक वर्ष स्याङ्जा कारागारमा रहेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“मेरो ठेगाना रत्ननगर, पार्दी थियो । म तीन वर्ष यहाँ बसेको हुँ । पोखरा, गण्डकीको बारेमा कसरी थाहा भयो भन्नुहोला । म यहीँ डेरा गरेर बस्थेँ,’’ उनले भने ।

जेलमा बस्दा आफूले पोखराको नक्सा बनाएको उनले सुनाए । “मैले नक्सा पनि बनाएको थिएँ । नक्सा देखेर जेलरले अचम्म मान्दै कसरी सही नक्सा बनाउनुभयो भनेर सोधेका थिए,’’ उनले भने, “म अध्ययनशील मान्छे हो ।’’

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC