राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बैठक आह्वान गरेकी छन् । यही फागुन २३ गते अपराह्न ४ बजेका लागि बैठक बोलाइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
राष्ट्रियसभा बैठक भने बोलाइएको छैन । राष्ट्रियसभाको अधिवेशन गएको पुुुस २६ गते अन्त्य गरिएको थियो । पुस १७ गते बोलाएर २६ गते नै अधिवेशन अन्त्य गरिएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७ १३:५५
प्रतिक्रिया दिनुहोस्