site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
असारयता १ खर्ब ४२ अर्ब पुनर्कर्जा स्वीकृत, पर्यटनमा करिब १७ अर्ब, मिडियाले लगे ८७ करोड
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष लागेपछि नेपाल राष्ट्र बैंकले १ खर्ब ४२ अर्ब ४० करोड पुनरकर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकले दुई चरणमा गरेर ९२ अर्ब ६७ करोड एकमुष्ट पुनर्कर्जा स्वीकृत गरेको छ । लघुवित्तलाई  १० अर्ब २३ करोड र ग्राहक ऋणीलाई ३९ अर्ब ५० करोड पुनर्कर्जा स्वीकृत गरेको छ । 

नेपाल राष्ट्र बैंकले २०७७ साउनमा जारी गरेको ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप स्रोत आवश्यक पर्ने भएकाले पुनर्कर्जा  प्रयोजनको लागि प्राप्त हुने कुल स्रोत रकमको अधिकतम पाँच गुणासम्म बैंकले पुनर्कर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकिएको छ । हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड रहेको छ । जसमको ५ गुणासम्म पुनरकर्जा प्रदान गर्र्नसक्ने व्यवस्था रहेकोले पुनरकर्जाको लागि उपलब्ध स्रोत २ खर्ब १२ अर्ब ५० करोड हुन आउँछ । 

नेपाल राष्ट्र बैंकले कार्यविधिमार्फत पुनर्कर्जाको लागि उपलब्ध कुल स्रोतको ७० प्रतिशत बैंक तथा वित्तिय संस्थालाई एकमुष्ट उपलब्ध गराउने २० प्रतिशत ग्राहक ऋणी अनुसार उपलब्ध गराउने र १० प्रतिशत लघुवित्तमार्फत प्रदान गर्ने व्यवस्था गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोही कार्यविधिको आधारमा केन्द्रीय बैंकले २०७७ भदौ १ गतेदेख असोज मसान्तसम्म आवेदन माग गर्दा प्राप्त आवेदनको आधारमा कात्तिकमा ५० अर्ब ७ करोड एकमुष्ट पुनरकर्जा स्वीकृत गरेर निकास गरिसकेका छ । केन्द्रीय बैंकले दोस्रो चरणमा पुनः २०७७ पुस १७ गतेदेखि माघ १६ गतेसम्म पुनर्कर्जाको लागि आवेदन माग गरेको थियो । उक्त अवधिमा प्राप्त भएको आवेदनको आधारमा केन्द्रीय बैंकले थप ४२ अर्ब ६० करोड रुपैयाँ एकमुष्ट पुनरकर्जा स्वीकृत गरेको हो । 

पहिलोपटक लघु, घरेले तथा साना उद्यमलालाई प्राथमिकता राख्न उक्त क्षेत्रका ७० प्रतिशत आवेदन हुनेपर्ने व्यवस्था गरेको थियो  । जसले गर्दा यसअघिको एकमुष्ट पुनरकर्जा स्वीकृत गर्दा लघु घरेलु तथा साना उद्यमको पुनर्कर्जा बढी रहेको थियो । 
यसअघि निकासी भइसकेको एकमुष्ट पुनर्कर्जाबाट ४५ वटा बैंक तथा वित्तिय संस्थाका ५ हजार ८९ शाखा कार्यलयका ४० हजार ९८३ ऋणीले लाभ लिएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोख्रेल बताउँछन् । 

Global Ime bank

जसमध्ये  लघु घरेलु तथा साना उद्यम पुनर्कर्जातर्फ ३३ हजार ६१० ऋणीले २३ अर्ब ६२ करोड, विशेष पुनर्कर्जातर्फ १ हजार ४०८ ऋणीले ८ अर्ब ६ करोड र साधारण पुनर्कर्जातर्फ ५ हजार ९६५ ऋणीले १८ अर्ब ३७ करोड प्राप्त गरेको थिए । 
तर, यसपटक स्वीकृत भएको ४२ अर्ब ६० करोडमा भने साधारण पुनर्कर्जा बढी रहेको स्रोतले जनाएको छ ।

ग्राहक ऋणीतर्फ ३९ अर्ब ५० करोड पुनर्कर्जा   
राष्ट्र बैंकले ग्राहक ऋणतर्फ पनि पुनरकर्जा धामाधम प्रदान गरिसकेको छ । हालसम्म ३९ अर्ब ४९ करोड ८७ लाख पुनरकर्जा स्वीकृत भएको केन्द्रीय बैंकले जनाएको छ । जसमध्ये कोभिडबाट सबैभन्दा धेरै प्रभावित क्षेत्र सबैभन्दा धेरै पर्यटन क्षेत्रमा १६ अर्ब ८४ करोड ८१ लाख पुनर्कर्जा प्रदान भएको छ । 

यस्तै उत्पादन क्षेत्रमा ६ अर्ब १३ करोड ७३ लाख, औषधिलगायत स्वास्थ सामग्रीमा ३ अर्ब ७० करोड ७० लाख, निमार्ण क्षेत्रमा ३ अर्ब ६४ करोड १८ लाख, शिक्षा क्षेत्रमा २ अर्ब ९१ करोड ३७ लाख, हाइड्रोपावरमा २ अर्ब १९ करोड ६ लाख, ट्रान्पोटेसनमा १ अर्ब २७ करोड २६ लाख, मिडियामा ८७ करोड ४२ लाख, टेक्सटाइलमा ८२  करोड ३३ लाख, कृषिमा ६१ करोड ८२ लाख, मनोरञ्जन क्षेत्रमा २७ करोड १२ लाख, व्यापारमा १८ करोड ५८ लाख र अन्य क्षेत्रमा १ करोड ५० लाख ग्राहक ऋण अनुसारको पुनरकर्जा स्वीकृत भएको केन्द्रीय बैंकले जनाएको छ ।
 
लघुवित्तलाई पहिलोपटक पुनर्कर्जा

नेपाल राष्ट्र बैंकले पहिलोपटक लघुवित्तलाई पनि पुनर्कर्जा प्रदान गरेको छ । केन्द्रीय बैंकले लघुवित्तलाई १० अर्ब २३ करोड पुनर्कर्जा स्वीकृत गरेको हो । राष्ट्र बैंकले २०७७ पुस २७ गतेदेखि माघ १२ गतेसम्म पुनर्कर्जाका लागि आवेदन माग गरेको थियो । 

लघुवित्त संस्थाहरुले असार मसान्तमा कायम पुँजीकोषको ६५ प्रतिशतसम्म पुनर्कर्जा दिनेभन्दै आवेदन माग गरेको थियो । सोही अनुसार आवेदन दिएका लघुवित्तलाई उक्त पुनर्कर्जा स्वीकृत गरेको हो । 

लघुवित्तले उक्त पुनर्कर्जाका आधारमा आफ्नो कुल लागत जति घट्छ सोही अनुसार ऋण लिएका ऋणको पुनः ब्याजदर घटाउनुपर्ने हुन्छ । उक्त पुनर्कर्जाले अहिलेको अवस्थामा लघुवित्तको ब्याजदरमा १ प्रतिशतभन्दा पनि धेरै कम ब्याजदर घट्ने लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल बताउँछन् ।  

यद्यपि, लघुवित्त पनि पुनर्कर्जामा समावेश हुन सकारात्मक भएको उनले बताए । अहिले लघुवित्तले ६ प्रतिशतमा स्रोत पाइरहेको ३ प्रतिशतमा पुनर्कर्जा पाएकाले लागत नगन्य घटे पनि स्रोतको लागत बढ्दै जाँदा ब्याजदरमा यसको प्रभाव बढ्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC