site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्वाचन आयोगलाई पत्र लेख्ने प्रचण्ड–नेपाल समूहको निर्णय
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्वाचन आयोगले आधिकारिकता निरूपण गर्न ढिलासुस्ती गरेको भन्दै नेकपाको विभाजित प्रचण्ड–नेपाल समूह आक्रोशित बनेको छ । आजको सचिवालय बैठकले आयोगलाई पुनः ध्यानाकर्षण गराउने निर्णय गरेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

निर्वाचन आयोगले बहुमत पक्षलाई आधिकारिकता दिन आनाकानी गरे केन्द्रीय सदस्यसहित उपस्थित हुने उनीहरूको तयारी छ । त्यसको लागि प्रचण्ड–नेपाल समूहले बुधबार केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।

Agni Group

त्यसपूर्व निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने र त्यसका लागि पत्र लेख्ने निर्णय भएको खनालको भनाइ छ । “आयोगको ढिलासुस्तीप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी पुनः छिटो निरुपण गर भनेर आग्रह गर्न चाहन्छौँ,” उनले बाह्रखरीसँग भने, “पुनः पुष्टिका लागि पत्र लेख्ने तयारी गरिरहेका छौँ ।” योसहित प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई आधिकारिकता दाबी बुझाएको तेस्रोपटक हुनेछ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि प्रचण्ड–नेपाल समूहले त्यही दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्षबाट हटाउन केन्द्रीय कमिटीसमक्ष सिफारिस गरेको थियो । पुस ७ गते सोको जानकारी निर्वाचन आयोगलाई दिएको थियो । पुस १० गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर आधिकारिकता निरुपण गरिदिन आग्रह गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC