site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बोल्ड र ब्युटी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
पुनम डीसी
टप–२० मा परेपछि के–के सिकिरहनुपर्ने भयो उनलाई । हिँड्न, बोल्न, अनुहार र शरीरको हाउभाउ मिलाएर उभिन, बस्न । के–के हो, के–के !
हिल लगाएर हिँड्दा खुट्टामा घाउ भएर टनटनी दुखेको पनि थियो । लुगा लगाउन, स्यान्डल लगाएर हिँड्न, मेकअप गर्न आउँदैनथ्यो । सिकाइदिने कोही थिएन ।
घरमा गएर ‘खुट्टा दुख्यो, अब नजाने’ भनेर आमालाई सुनाउँथिन् ।
आमा त हौसलाकी प्रतीक ! ‘छोरी तिमीले जित्छ्यौ’ भनेर मुस्कुराउँथिन् ।
आमाले हौस्याउँदै गइन् । घरमै पनि हिल जुत्ता लगाएर हिँड्न र क्याटवाक गर्न सिकिन् ।
“दिक्क भएर कहिलेकाहीँ त बेकारमा आएछु जस्तो लाग्थ्यो । निकै कडा प्रतिस्पर्धा थियो त्यो ।”
सुन्दरी मुसुक्क हाँसिन् ।
केही हप्तामा उनले मुकुट पहिरिन पाइन् । कुन मुकुट ? कस्तो मुकुट ?
नेपाल सुन्दरीको मुकुट !
यो उनका लागि नसोचेको ठूलो सफलता थियो ।
 
० ० ०
 
सुन्दरता प्रकृतिको एउटा रहस्य हो ।
फेरि, सुन्दर हुनुको मतलब अनुहारमात्र लायकको हुनु होइन । ‘ब्रेन’सहितको ‘ब्युटी’लाई बल्ल सुन्दर हुनुको मतलब मान्ने गरेको छ दुनियाँले । दुनियाँमा चलिआएको तथ्य पनि यही हो ।
 
० ० ०
 
‘मिस नेपाल’ बनेरै छाड्ने उनको कुनै सपना थिएन । न त तयारी नै ।
ख्यालख्यालमै ‘अप्लाई’ गरिन् । भाग लिइन् । ५ सय प्रतियोगीलाई पछारिन् ।
र, उपाधि हात पारिन् ।
बस् ! जीवनको बहुत ठूलो सफलता हासिल गर्न सकेको त्यही दिन हो उनले ।
अहिले पनि ‘‘मिस नेपाल’’को उपाधि धेरै नेपाली आमयुवतीको सपना हो । औंलामा गन्न सकिने थोरैको मात्र ‘मिस नेपाल’को ताज पहिरिने सपना पूरा हुन्छ ।
तिनै थोरैमध्येकी एक हुन् सुगरिका केसी, जसले सन् २००५ मा ‘मिस नेपाल’को मुकुट पहिरिइन् । उनी तिनै सुन्दरी हुन्, जो क्याटवाक गर्न नजानेर खुट्टामा टनटनी घाउ भएकाले भागै नलिने जिद्दी कसेकी थिइन् कुनै बेला ।
सुन्दरी हुन ‘ब्रेन’ र ‘ब्युटी’को कम्बिनेसन हुनुपर्नेमा उनको नाइनास्ती छैन । प्रस्ट वक्ता, बुझाउन सक्ने क्षमता, हँसिलो अनुहार र शालीनता ‘मिस नेपाल’मा हुनुपर्ने गुण हुन् । सुगरिकासँग यी सबै गुण थिए ।
र, त उनी ‘मिस नेपाल’ हुन सकेकी थिइन् ।
 
० ० ०
 
उनी ०४३ सालमा ललितपुरको धापाखेलमा जन्मिएकी थिइन् ।
६ महिनाकी हँुुदा क्यान्सरले उनको बाबुलाई च्याप्पै समाएर घिच्याउँदै परलोक लग्यो ।
हुर्कंदै गर्दा उनलाई बुबाको कमी भने महसुस भएन । किनभने, परिवार संयुक्त थियो ।
घरकी एक्ली बच्ची भएकाले सबैले उनलाई असाध्यै माया गरेर हुर्काए ।
यी सुन्दरीलाई सानैदेखि पढ्न खुब मन पर्ने । कसैलाई नभनी घर नजिकैको स्कुलमा पढ्न जान्थिन् । राम्रो स्कुलमा पढाउनुपर्छ भनेर आमाले भनेपछि उनी ग्वार्कोस्थित बाल दीक्षा सदनमा भर्ना भइन् र त्यहीँबाट एसएलसी गरिन् ।
आमाको सपना छोरीलाई डक्टर बनाउने थियो ।
तर, छोरीको सपनाचाहिँ रेडियोमा कार्यक्रम चलाउने ।
त्यहीकारण सानैदखि रेडियो सुन्थिन् र मनमनै यस्तै कार्यक्रम चलाउन पाए हुन्थ्यो भनेर कल्पना गर्थिन् ।
एसएलसीपछि ललितपुरकै युनाइटेड कलेजमा प्लस टु पढ्ने इच्छा थियो सुगरिकाको । युनाइटेडमा पढ्ने र स्कार्फ लगाउने केटीहरू उनलाई निकै स्मार्ट लाग्थे ।
कलेज आउँदा–जाँदा सेतो सर्ट, कालो कोट र स्कर्ट लगाएका राम्री–राम्री एयर होस्टेस देखेपछि उनमा एयरहोस्टेस बन्ने भूत सवार भयो ।
जिन्दगी चौबाटोमा उभिएको एउटा बडेमानको रूखझैँ लाग्यो उनलाई त्यो बेला ।
के बन्ने भन्ने कुरामा उनी अलमलिएकी थिइन् ।
कजेल आउने–जाने क्रम चलिरहेकै थियो ।
एकदिन क्लासिक एफएमले फुक्यो, “.....कार्यक्रम प्रस्तोता चाहियो ।”
उनी ढुक्क भइहालिन् । अप्लाई गरेर सफल भएको सपना देखिन् पनि । आवेदन दिइहालिन् ।
नाम पहिलो नम्बरमै निस्कियो । त्यतिबेला उनी भर्खर १२ कक्षामा पढ्दै थिइन् ।
कार्यक्रम चलाउन कलेज र आमासँग अनुमति लिनुपथ्र्यो । घर र कलेज दुवै ठाउँबाट अनुमति पनि पाइन् ।
तर, त्यसैबेला क्लासिक एफएम नै बन्द भयो !
सयौंपल्ट फोन गरिन् एफएममा । एफएमका लगानीकर्ताले ‘धेरै फोन गरेर चिन्ता नलेऊ, तिमी आफ्नो काम गरिराख’ भनिदिए ।
रेयुकाई काठमाडौंले राजधानीमा आयोजना गरेको उद्घोषकको तालिम पनि लिइन् उनले । तालिमका ५० सहभागीलाई उछिनेर गोल्ड मेडल पाइन् । त्यसपछि उनी झनै हौसिइन् । रेयुकाई नेपालले फेरि राष्ट्रव्यापी उद्घोषण तालिम आयोजना ग¥यो । उनले त्यसमा पनि भाग लिइन् र गोल्ड मेडल उनको घाँटीमा फेरि पनि झुन्डियो ।
 
तर, वर्षदिन बितिसक्दा पनि क्लासिक एफएमबाट बोलावट आएन ।
अनि, सुगरिका आफैं काम खोज्न थालिन् ।
नेपाल एफएम पुगिन् र सृजन नेपाललाई भेटेर भनिन्, “मलाई काम दिनुस् । बरु तलब नदिए पनि हुन्छ ।”
तर, त्यहाँ पनि सहज भएन काम पाउन । स्वर परीक्षण गरेपछि बल्ल उनलाई एफएमले लिने भयो ।
सुरुमा कार्यक्रम चलाउन पाइनन्, जिंगलमा काम गरिन् । आफ्नो सपना पूरा हुने भयो भनेर त्यसै मक्ख थिइन् ।
 
० ० ०
 
उनी आमासँग घरमा टिभी हेरेर बसिरहेकी थिइन्, त्यहीबेला ‘मिस नेपाल’को विज्ञापन आयो । त्यो देखेपछि आमाले ‘तैंले यो क्राउन लगाउन पाए कस्तो हुन्थ्यो !’ भनिन् । छोरीले ‘हो है ?’ भनिन् ।
आमाको सुझावपछि सुगरिकाले ‘मिस नेपाल’ प्रतियोगितामा भाग लिइन् ।
‘मिस नेपाल’का लागि न्यूनतम योग्यता थिए– १९ वर्षभन्दा कम उमेर, प्लस टु पास, ५ फिट ४ इन्च हाइट, राम्रो बोल्न सक्ने आदि ।
यी सबै योग्यता सुगरिकासँग थिए पनि ।
आमासँग स्टुडियो गएर एउटा फुल साइज र अर्को हाफ साइज फोटो खिचाइन् ।
फर्म भर्न ‘मिस नेपाल’ आयोजक हिडन टे«जरको अफिस पत्ता लगाउन पनि गाह्रै प¥यो । नेपालभरिका करिब ५ सय युवतीले आवेदन दिएका थिए । त्यसमै उनी पनि मिसिइन् ।
केही दिनपछि आयोजकबाट फोन आयो । र, अन्तर्वार्ताका लागि होटल ह्यातमा बोलाइयो ।
उनी खुसीले उफ्रिइन् तर सँगै टेन्सन पनि थपियो ।
खासै फेसन कन्सस थिइनन् । कस्तो कपडा लगाउने आइडिया थिएन । सेतो पाइन्ट, टिसर्ट, जुत्ता र सेतै ब्यागमा उनी ह्यात पुगिन् ।
आफ्नो फेसन देखेर आफैसँग लाज लाग्यो उनलाई । किनकि त्यहाँ आएका अरू सबै छोटा कपडा र हेभी मेकअपमा थिए ।
‘सेलेक्ट’ नभइएला कि भन्ने डर पनि लाग्यो ।
अन्तर्वार्ता लिन बसेकी थिइन्– पूर्व‘मिस नेपाल’ माल्भिका सुब्बा ।
उनको तर्फबाट अन्तर्वार्ता राम्रै भयो तर फेरि भनियो, “सेलेक्ट भयौ भने फोन आउँछ, नत्र आउँदैन ।”
कतिपल्ट सेलेक्ट हुनुपर्ने हो भनेर जिल परिन् उनी ।
फोन आयो आयोजकबाट । उनी टप–२० मा छनोट भइछन् ।
त्यसपछि सुरु भए उनका दुःखका दिन । छानिएका सबैलाई २८ दिने तालिम दिइयो । उनलाई हिल जुत्ता लगाएर हिँड्न आउँदैनथ्यो । अग्ली भएकाले सधैं फ्ल्याट जुत्तामात्रै लगाउँथिन् ।
स्टेजमा कसरी हिँड्ने, कसरी कपडा लगाउने, कसरी खाने, पत्रकारलाई कसरी ह्यान्डल गर्ने आदि कुरा सिकाइयो ।
कोरियोग्राफर रचना गुरुङ, अधिवक्ता सपना मल्ल प्रधानलगायतले उनीहरूलाई तालिम दिए ।
टप–५ को प्रतिस्पर्धामा उनलाई सोधियो, “साउथ एसियामा धेरै बच्चा भोकमरीले मरिरहेका छन् । तपाईं युवा भएर के गर्नुहुन्छ ?”
उनले यस्तो कुराको ख्यालै गरेकी थिइनन् । तैपनि निर्धक्क जवाफ दिइन्, “तपाईंको प्रश्न एकदमै मार्मिक लाग्यो ।”
हलमा तालीको आवाज गुन्जियो । गल्ती बोलेँ कि जस्तो पनि लाग्यो उनलाई तर त्यो हौसलाको ताली रहेछ ।
अगाडि भन्दै गइन्, “१९ वर्षकी केटी, भर्खर केही गर्ने भनेर जिन्दगीमा अगाडि बढ्ने प्रयास गरिरा’छु । धेरै पैसा संकलन गरेर दिन त सक्दिनँ । पहिलो पटक सुनेकी छु, त्यसैले यो विषयमा जनचेतना दिन्छु ।”
त्यही उत्तरले उनी टप–५ मा परिन् ।
टप–५ हुँदै सुगरिकाले ‘मिस नेपाल’को ताजै पहिरिन् । धेरैले ‘मिस नेपाल’लाई रूप र शरीरको प्रतियोगिता भनेर टिप्पणी गर्छन् ।
तर, यसको प्रतिवाद गर्छिन् सुगरिका ।
भन्छिन्, “सुन्दरता त उमेर रहुन्जेल हो तर बौद्धिकता नमरुन्जेल रहन्छ । ‘मिस नेपाल’मा राम्री गुडिया भएर मात्रै काम छैन । त्यही राम्रो मान्छे राम्रो काम गर्न सक्यो भने मात्र हुन्छ ।”
‘मिस नेपाल’ प्रतियोगिताले उनलाई आफूमा भएको ट्यालेन्ट चिन्न सिकायो ।
‘मिस नेपाल’ जितेपछि विश्व सुन्दरी प्रतियोगितामा पनि भाग लिने अवसर पाइन् ।
त्यसपछि विश्व वन्यजन्तु कोषको ‘एम्बासडर’ भएर काम गरिन् ।
हिट्स एफएममा ‘सुगारिकाज् डायरी’ भन्ने कार्यक्रम प्रसारण हुन्थ्यो । त्यसमा उनले हप्ताभरि गरेको कार्यक्रमका बारेमा सुनाउँथिन् ।
‘मिस नेपाल’ भएपछि नै उनले नेपालको पूर्वदेखि पश्चिमसम्म भ्रमण गरिन् ।
त्यसमध्ये डडेलधुराको भ्रमण स्मरणयोग्य छ । त्यहाँ उनको टोली अप्ठ्यारो ठाउँमा थियो । गाडी जान सक्दैनथ्यो, त्यसैले त्यहीँ बास बस्नु प¥यो । खानेकुरा केही थिएन अनि कमिलैकमिला भएको भात खानुप¥यो । यो घटना उनका लागि जिरिंग पार्नेमध्येको एउटा हो ।
२००६ मा ‘मिस नेपाल’ नभएकाले उनले २ वर्षसम्म ‘मिस नेपाल’ हुने अवसर पाइन् । देश घुमेर उनले नेपालीको वास्तविक जीवनलाई नजिकबाट नियाल्ने मौका पाइन् । आफूमात्रै परिवर्तन भएर हुँदैन, समाज परिवर्तन हुनुपर्छ भन्ने बुझिन् ।
मानिसका दुःखकष्टसँग साक्षात्कार हुने मौका पाइन् ।
भ्रमणले उनको जीवन नै फेरियो तर पनि उनी एक्लैले के गर्न सक्थिन् र ? 
 
विश्व सुन्दरी प्रतियोगिता
विदेशमा जाँदा सुगरिकाले थाहा पाइन्– विदेशीहरु त नेपाल शब्द उच्चारण गर्न पनि जान्दा रहेनछन् । नेपाललाई ‘नेफाल’ भन्दा रहेछन् ।
‘नेपाल भन्ने देश पनि छ र?’ भनेर प्रश्न गर्दा उनको चित्त दुख्यो । आफूलाई चिनाउन पनि मुस्किल प¥यो उनलाई । नेपाललाई सगरमाथा र बुद्धको देश भनेर चिनाउन सजिलो भयो । उनका लागि धन्न बुद्ध नेपालमा जन्मिदिएका र सगरमाथा नेपालमा परिदिएको थियो !
११० वटा देशका सुन्दरीसँग प्रतिस्पर्धा गरेर विश्व सुन्दरी बन्न उनलाई कम्ती चुनौतीपूर्ण थिएन । तर, त्यो चुनौतीलाई छिचोल्दै उनले निर्धक्क प्रतियोगितामा भाग लिइन् ।
नेपाल भनेर नाक खुम्च्याउनेहरूले पनि उनको पर्फर्मेन्स देखेर प्रशंसा गरे ।
नेपाल घुम्न जानुपर्ने ठाउँ रहेछ भनेर महसुस गरे ।
सहभागी भएका सुन्दरीमध्ये उनीमात्र एक थिइन्, जसले विभिन्न थरीका राष्ट्रिय पोसाक लगाएर पर्फम गरिन् ।
विश्व सुन्दरीको ताज पहिरिन नसके पनि उनको ढाकाको गाउन टप टेनमा पर्न सफल भएको थियो । उनले बेस्ट आई र मिस ट्यालेन्टको उपाधि भने जितिन् ।
“एक महिनाको बसाइ रमाइलो भयो । मलाई सबैले माया गरेर ‘सुगर’ भनेर बोलाउँथे । उनीहरूले नै मेरो जन्मदिन पनि मनाइदिए । विश्व सुन्दरीमा भाग लिन पाउनु मेरा लागि जीवनकै अविस्मरणीय क्षण बन्यो,” उनले सुनाइन् ।
उताबाट फर्केपछि नेपाल फर्केर रेडियो र टेलिभिजनमा समेत काम गरिन् । अटो कम्पनीमा पनि ।
त्यसपछि सबै छाडेर प्रशिक्षणको बाटो रोजिन् । अहिले उनी एक्सस डेभलपमेन्ट सेन्टरको सीईओ छिन् । बोल्न नसक्ने व्यक्तिलाई बोल्न सक्ने बनाउनु उनको काम हो । आफू मिडियामा नलागे पनि मिडियापर्सन उत्पादन गरिरहेकोमा उनलाई गर्व छ ।
 
असल आमा 
सुगरिका असल आमा र पत्नी पनि हुन् ।
धेरैले भन्छन्– बिहेपछि करिअर बिग्रिन्छ ।
तर, सुगरिका यो कुरा मान्न तयार छैनिन् । भन्छिन्, “बिहे एउटा पाटो हो । दुवैलाई सँगसँगै लान सक्यो भने बिहेले बाधक नभएर सहयात्रीको काम गर्छ ।”
कामकै दौरान उनको सनत न्यौपानेसँग भेट भयो र केही समयपछि बिहे पनि ।
सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भनेझैं सफल महिलाको पछाडि पुरुषको हात हुन्छ भन्ने उनको तर्क छ ।
उनका २ वर्षीय छोरा छन्, जसलाई हुर्काउन त्यति नै समय उनले घरमै बिताइन् । अहिले भने छोरालाई स्कुल पठाएर आफू काममा खटिन्छिन् ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २९, २०७३  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC