देश
काठमाडौं । काठमाडौंमा सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःस्थापनाको काम सुरू भएको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्तरुपमा भूमिपुजन गरेका छन् ।
सांस्कृतिक सम्पदा क्षेत्रको पुनःनिर्माणमा भारत सरकारले प्रतिवद्धता जनाएको पाँच अर्ब ८ करोडको आर्थिक सहयोग अन्तर्गत यो पुनःनिर्माण हुन लागेको हो । यो सहित २८ सांस्कृतिक सम्पदा सोही बजेटमार्फत पुनःनिर्माण गरिनेछ ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७ ०८:१३
प्रतिक्रिया दिनुहोस्