site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लागुऔषधको जालो भत्काउँदै प्रहरी
Sarbottam CementSarbottam Cement

महेन्द्रनगर । दुईतिर भारतसित सीमा जोडिएको कञ्चनपुरमा लागुऔषध कारोबार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ ।

खुला सिमानाका कारण लागुऔषधको कारोबार गर्ने गिरोह पक्राउ गर्न केही महिनायता सक्रियरुपमा लागेको कञ्चनपुर प्रहरीले लामो समयदेखि खैरो हिरोइन र ब्राउनसुगरलगायतका लागुऔषधको कारोबार गर्ने मुख्य गिरोहको पहिचान गरिसकेको छ । पछिल्लो केही दिनयता लागुऔषध नियन्त्रणमा गति बढाएको प्रहरीले भारतीय र नेपाली गिरोहका मुख्य दुई व्यक्ति पक्राउ गरेपछि लागुऔषध कारोबारको जालो भत्काउन प्रहरी सफलतातर्फ उन्मुख देखिएको छ ।

डेढ महिनामा लागुऔषध कारोबार र उपभोग गर्ने ३२ पक्राउ गरेको प्रहरीले ठूलो परिणाममा पक्राउ परेका लागुऔषध कारोबार गर्ने गिरोहका भारतीय र नेपाली युवकलाई पक्राउलाई आफ्नो सफलता मानेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ लामो समयदेखि भारतबाट लागुऔषध आयात हुने र यहाँबाट लुकीछिपी चरेश भारत जाने गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लागुऔषध दुव्र्यसनमा परेका युवाकै कारण समाजमा घटना बढिरहेको आँकलन गरेको प्रहरीले अहिले सीमा क्षेत्रमा सक्रियरुपमा त्यसमा संलग्न कारोबारीलाई नियन्त्रणमा लिने र यहाँका विभिन्न स्थानमा लागुऔषध न्यूनीकरणका लागि सचेतनामूलक अभियान नै सञ्चालन गरेको छ । डेढ महिनाअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हालेका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले लागुऔषध कारोबारमा सक्रिय ठूला गिरोहमाथि अत्यधिक निगरानी बढाइएको बताए । 

“यहाँ आएको थोरै समयमा मैले २० देखि ३० प्रतिशत लागुऔषध नियन्त्रणको दायरामा ल्याइसकेको छु ।” उनले भने, “यस चालु आर्थिक वर्षमा मात्रै ३९० ग्राम खैरो हिरोइन बरामद गरेको छौँ, यो ठूलो परिणाम हो ।” उनले युवा पिढी लागुऔषध र अन्य दुव्र्यसनमा लिप्त देखेपछि त्यसको नियन्त्रणका लागि कारवाही र सचेतना सँगसँगै थालेको बताए । प्रहरीले कञ्चनपुरको दक्षिण क्षेत्रबाट भारत हुँदै नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहका मुख्य व्यक्ति भारतीय नागरिकलाई गत माघको अन्तिम साता यहाँको बेलौरी क्षेत्रबाट पक्राउ गरिसकेको छ ।

Global Ime bank

भारतको पिलिभित जिल्ला बम्मनपुर पधिरत शारदा बस्ने ३२ वर्षीय सुच्चा सिंहलाई पक्राउ गरेपछि भारतमा बसेर नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहमाथि प्रहरी जानकार छ ।

“अझै दुई भारतीय त्यो क्षेत्रबाट लामो समयदेखि यहाँ लागुऔषध ब्राउनसुगर पढाउने गरेका छन् ।” उनले भने, “भारतीय गिरोहका पहिचान भइसकको भए पनि यहाँको सीमा क्षेत्रमा पैठारीका लागि नआउँदा नियन्त्रणमा लिन सकिएको छैन ।” सोही गिरोहका सिंहलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमै राखिएको उनले बताए । 

“लागुऔषध मुद्दामा ९० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।” उनले भने, “भारतबाट यहाँ लागुऔषधको कारोबार गर्ने गिरोहलाई पक्राउ गर्न भारतीय पक्षसित पनि समन्वय गर्छौं ।”

त्यसैगरी माघको तेस्रो साता करिब १९ ग्राम ब्राउनसुगरसहित यहाँको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरीलाई पक्राउ गरेको थियो । अभियुक्त चौधरी पनि सो क्षेत्रमा सीमानाकामा लामो समयदेखि लागुऔषध पैठारीमा संलग्न हुने गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार ब्राउनसुगर र खैरो हिरोइन उच्चकोटीको लागुऔषध हो । 

प्रहरीले कञ्चनपुर र कैलालीसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा समेत लागुऔषध पैठारी गर्ने गिरोहमाथि कारवाही थालेको छ । अन्यत्र चरेस, नाइट्राभेटलगायतका लागुऔषध बढी प्रयोग गर्ने गरेको देखिए पनि यहाँ ब्राउनसुगर र खैरोहिरोइनको प्रयोगकर्ता र कारोवारमा बढी संलग्न देखिएको प्रहरीले जनाएको छ । योजनाबद्ध अपराधबाहेक सबै घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्नता देखिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार लागुऔषधका २६ वटा मुद्दा चलिरहेका छन् ।

कारसहित अर्का नाइके पक्राउ

लागुऔषध नियन्त्रण अभियानमा सक्रिय रहेको प्रहरीले दुई दिन अघि लागुऔषध पैठारीमा प्रयोग भएको कार र लागुऔषध ब्राउनसुगरसहित दुईलाई नियन्त्रणमा लिएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट भारतीय यूके ०६ एक ३४२५ नम्बरको कारसहित सोही ठाउँका २९ वर्षीय विक्रम ठकुल्ला र २९ वर्षीय दीपेन्द्र सुनारलाई पक्राउ गरेको हो ।

“कारमा लागुऔषध ओसारपसार गरिरहेकोे सूचनाका आधारमा झलारीबाट दुवै अभियुक्तलाई पक्राउ गरेका हौँ ।” प्रहरी उपरीक्षक चर्तुवेदीले भने, “दुवैको साथबाट ४६ पिस ब्राउन सुगरका प्याकेट र चार दशमलव ८० ग्राम खुल्ला धुलो फेला पारेको छ ।” प्रहरी अनुसन्धानले झलारीबाट पक्राउ गरेका युवक कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्ला बैतडी र डडेल्धुरासम्म ब्राउनसुगर पठाउने गरेका थिए । “समाज सुधार्न यहाँ युवालाई सही बाटोमा लगाउन आवश्यक देखियो ।” उनले भने, “अब लागुऔषधको जालो भत्काउने अभियानमा प्रहरी लागिसक्यो ।” रासस 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC