



पेरिस । विश्व प्रख्यात चित्रकार विन्सेन्ट भ्यान गो (भ्यान गो) ले बनाएको पेन्टिङ सार्वजनिक गरिएको छ । शताब्दीऔंदेखि एउटा फ्रेन्च परिवारको निजी संकलनमै सीमित यो पेन्टिङ पहिलोपटक विश्वभरका सर्वसाधारणले हेर्न पाएका हुन् ।
पुरानो पेरिसको मोन्टमाट्र्रे सडकको उक्त पेन्टिङ सन् १८८७ को स्प्रिङमा कोरिएको चित्र हो । यो पेन्टिङ डच मास्टर भ्यानले आत्महत्या गर्नुभन्दा तीन वर्षअघि बनाएका हुन् । भ्यान गोले कोरेको यस पेन्टिङमा पेरिसका स्थानीयहरु मोन्टमाट्र्रेको सडकमा हिँडिरहेको देख्न सकिन्छ । पेरिसको त्यो ग्रामीण बस्ती आज पेरिसको चर्चित सहरमध्ये एक भएको छ ।
पेरिसको अक्सनमा जानुअघि यो पेन्टिङ पहिलोपटक सर्वसाधारका लागि सार्वजनिक गरिएको हो । यो २५ मार्चमा हुन लागेको पेरिस अक्सनमा पाँचदेखि आठ मिलियन युरोमा बिक्री हुने अनुमान गरिएको छ ।
“हामीले पहिलोपटक यो पेन्टिङ देख्नेबित्तिकै मोहित भइसकेका थियौं,” पेरिसियन अक्सन हाउस मिराबाउड मर्सियरका क्लाउडिया मर्सियर र फेबियन मिराबाउडले भने ।

अक्सन हाउसले जारी विज्ञप्तिमा थप लेखिएको छ, “शताब्दीदेखि फ्रेन्च परिवारले कदर गरेर राखेको यो कामलाई विश्वसामु सार्वजनिक गर्न पाउँदा हामी निकै खुसी छौं ।” अक्सनका जानुअघि यो पेन्टिङ एम्स्टर्डम, हङकङ र फ्रान्समा प्रत्यक्ष रुपमा प्रदर्शनी गरिने सीएनएनले उल्लेख गरेको छ ।
उनले सन् १८९० मा आत्महत्या गरेका थिए । गोलेले आत्महत्या गर्न प्रयोग गरेको ह्यान्डगन सन् २०१९ मा मात्रै भेटाएर बिक्री गरिएको थियो ।
-सीएनएन





