site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बी डिभिजन लिगमा खुमलटार र ब्वाइज युनियन विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । महेश राईले तेस्रो मिनेटमा गरेको गोल निर्णायक बन्दा खुमलटारले झम्सिखेल युथ क्लबमाथि आइतबार ‘बी’ डिभिजिन लिगमा साँघुरो जित निकाल्दा अर्को खेलमा मिलन लिम्बूको ह्याट्रिकबाट ब्वाइज युनियनले नयाँ बस्ती युवा क्लबमाथि ३–० को सहज जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा खुमलटारले जारी लिगमा छैटौं जित निकालेको हो । प्रतिस्पर्धात्मक बनको खेलमा खुमलटारले पहिलो हाफमा लिएको अग्रतालाई जोगाएर महत्त्वपूर्ण तीन अंक लिग तालिकामा अंक जोड्न सफल भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

रोमाञ्चक जित निकालेको खुमलटाले ८ खेलबाट तालिकामा १९ अंक बनाएको छ । यससँगै खुमलटारले सातदोबाटोसँग अंक बराबरी गरेको छ । यस्तै पराजित झम्सीखेलको ८ खेलबाट ६ अंक छ ।

लिगकै अर्को खेलमा मिलन लिम्बूको ह्याट्रिकमा ब्वाइज युनियनले नयाँ बस्ती युवा क्लबमाथि सहज जित निकालेको हो । ह्याट्रिक गरेका मिलनले २१औं मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल थप्दै ब्वाइज युनियनलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए । पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको लिम्बूले दोस्रो हाफमा पनि निरन्तरता दिए । ५७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बाँकी समयमा थप गोल हुन सकेन र ब्वाइज युनियनले सहज जित निकाल्न सफल भयो । जितसँगै ब्वाइज युनियनको ८ खेलबाट १४ अंक भएको छ । पराजित नयाँबस्तीको ८ खेलबाट ११ अंक छ ।

Global Ime bank

लिगमा सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र टुसाल क्लब तथा दोस्रो खेल सातदोबाटो युथ क्लब र भगवती क्लबबीच खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछन् ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC