site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘ओलीले ह्‌विप जारी गरी समानुपातिक सांसदलाई निकाल्न सक्दैनन्’ (भिडियोसहित)
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्‌विप नमान्ने कुनै पनि सांसदलाई उनले हटाउन नसक्ने दाबी गरेका छन् ।

काठमाडौंमा आइतबार आयोजित एक अन्तर्क्रियामा नेता रावलले प्रधानमन्त्री ओलीले ह्‌विप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुटो र भ्रमपूर्ण रहेको बताएका हुन् । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले लगाएको ह्‌विप मान्न नपर्ने पनि रावलले बताए । त्यसरी निकाल्नका लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि बताए । उनले भने, "दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, समानुपातिक सांसद हटाइदिन्छु । उहाँलाई हटाउँछौं अब हामी । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर उहाँलाई कारबाही गर्छौं हामी यो बुझिराख्नुस् । दलको सदस्यता समाप्त गर्नुपर्ने अवस्थामा सोका लागि पार्टी केन्द्रीय कमिटीमा सिफारिस गर्ने । मैले ह्‌विप जारी गरेर त्यहाँ सदस्यबाट निकाल्छु भन्नुकुरा कति झुट, भ्रमपूर्ण, धम्की दिएपछि केही सदस्यहरु उफ्रिएर बालुवाटारतिर लाग्छन् कि भन्ने कति जनतालाई ढाँट्ने कुरा रहेछ । दलका नेता कुनै सदस्यलाई निकाल्नका लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ । दुईतिहाइ सदस्य हामीसँग छन् । अनि यहाँ आएर नक्कली प्रमुख सचेतकले म ह्‌विप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ?"

पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्तअनुसार पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्ष स्वत: आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावलले गरे । निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने पनि बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानुन र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने पनि उनको भनाइ छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC