site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् बैठकको तयारीमा व्यस्त बन्यो सचिवालय ! (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा बैठक सञ्चालनको तयारी गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्‌वान गरेपछि संघीय संसद् सचिवालयले आफ्नो तयारी सुरु गरेको हो । संघीय संसद् सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधिसभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना महामारी विद्यामान रहेको अवस्थामा स्वास्थ्य सतर्कतालाई पनि ध्यान दिइएको उनको भनाइ छ । कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कामहरुको पनि तयारी गरिएको उनले बताए । उनले भने, "सचिवालयका धेरै काममध्ये बैठकहरुको व्यवस्थापन पनि एउटा महत्त्वपूर्ण काम हो । यसलाई सचिवालयले प्राथमिकतामा राखेर काम गरिरहेको छ । विशेषगरी अहिले हामीले विभिन्न आयामबाट हेरेका छौँ । अहिले पनि कोरोना महामारीको अवस्था छँदै छ । त्यसलाई पनि मध्यनजर गर्नुपर्नेछ । प्रशासनिक व्यवस्थापनअन्तर्गत एजेन्डाहरु के-के हुनसक्छन् ? विधेयकहरुको अवस्था कस्तो छ ? कुन कर्मचारी कहाँ खटाउने, कसरी अवस्था छ ? लगायतका कुरालाई प्रशासनिक व्यवस्थाअन्तर्गत हामीले काम गरिरहेका छौँ ।"

स्वास्थ्य मापदण्ड पालना गराउँदै सचिवालयको कमी-कमजोरीका कारण कोरोना फैलिन नदिन ध्यानपूर्वक काम गरिरहेको उनले बताए । उनका अनुसार प्राविधिक रुपमा पनि तयारी गरिएको छ । उनले भने, "स्वास्थ्यजन्य व्यवस्थापन, बैठक व्यवस्थापन गरिरहँदा कुनै पनि ढंगले सचिवालयका कमी-कमजोरीका कारणबाट कोभिड-१९ को समस्या नफैलियोस् भनेर त्यो कुरालाई विशेष फोकस गरेर हामीले ध्यानपूर्वक सूक्ष्म रुपमा काम गरिरहेका छौँ । सरसफाइ, स्यानिटाइजर, सिटको व्यवस्थापन समग्र कुरामा ध्यान दिएर काम गरिरहेका छौँ । प्रविधिमा फोकस गर्नुपर्नेछ । लाइटिङ सिस्टम, साउन्ड सिस्टम, माइक व्यवस्थापनका कुराहरुमा हेरिरहेका छौँ । समस्या छ कि भनेर चेक गरिरहेका छौँ । भौतिक व्यवस्थापनका कुराहरु गरिरहेका छौँ ।" 

Global Ime bank

संसद् सचिवालयले विधेयकहरुको अवस्थाको विषयमा पनि अध्ययन गरिरहेको बताएको छ । समितिको बैठक सञ्चालन गर्ने सन्दर्भमा पनि सचिवालयको तयारी रहेको भन्दै आवश्यक परे समितिहरुको बैठक सञ्चालन गर्न पनि प्रशासनिक तवरबाट तयारी अवस्थामा रहेको सहायक प्रवक्ता धमलाले बताए । बैठकको व्यवस्थापन सहज, सुरक्षित र कुनै पनि झन्झट र कठिनाइबिना अप्ठ्यारो नआओस् भनेर तयारी गरिरहेको पनि उनले बताए । 

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । हालसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बैठक आह्‍वान गरिसकेको अवस्था छैन । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यद्यपि सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटनलाई बदर गरेर त्यसको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउने फैसला गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC