site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'दुई मिस्टर' देश बर्बाद पार्न लागेका छन् : ओली
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देश बर्बाद पार्न चाहेको आरोप लगाएका छन् ।

उनले प्रचण्डले कम्फर्टेबल सरकार बनाउने र नेपालले हिन्दीमा फोन गरेकोप्रति कटाक्ष गर्दै अध्यक्षद्वयलाई 'दुई मिस्टर' को संज्ञा दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

झापामा आयोजित नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले देशको विकास रोक्नका लागि आफूलाई हटाउन लागिरहेको पनि बताए ।

जनता साथमा र जनताको आशीर्वाद हुँदा-हुँदै आफूलाई केही फरक नपर्ने भन्दै भने, "के भयो त ? प्रतिनिधिसभा पुन:स्थापना भयो त राम्रै भयो ।"

Global Ime bank

उनले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाएर देखाउन चुनौती पनि दिए । आफू पार्टीको अध्यक्ष र प्रधानमन्त्री रहेको कुरा नबिर्सिन पनि आग्रह गरे । आफूलाई प्रधानमन्त्रीबाट हटाउन नसके तीन करोड जनताबाट दुईतिहाइ ल्याउने जिकिर पनि गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC