site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजार राताम्मे, ८० अंकको पहिरो गएको बजारमा ८ अर्ब ३५ करोडको कारोबार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा ३ प्रतिशतभन्दा माथिको पहिरो गएको छ । लगातार उकालो लागेको बजार गत साताबाट घट्न सुरु भएको थियो । नेप्से घट्ने क्रमले यो साता पनि निरन्तरता पाएको छ ।

आज बजार परिसूचक नेप्से ७९.७४ अंकले गिरावट हुँदा २४७४.३९ अंकमा झरेको छ । आइतबार प्रि–ओपन सेसनमा साढे ३ अंक माथिले बढेर २५५७.७९ विन्दुमा खुलेको नेप्से कारोबार खुलेको केही समयमा नै आजको इन्ट्रा-डे कारोबारमा २५६१.८९ अंकसम्म पुगेको थियो । तर नियमित कारोबार खुलेसँगै केही समयमै ओरालो लाग्न सुरु भएको नेप्से २४७३.१६ अंकसम्म झरेको थियो । नेप्सेको क्लिोजिङ विन्दु र तल्लो विन्दुमा १ अंकको मात्रै छ ।

१२०० अंकभन्दा तल्लो विन्दुबाट ७ महिनामा २७०० अंकको नजिक पुग्दा ठुलो करेक्सन नदेखिएको बजारमा गत साताबाट भने करेक्सन संकेत देखिएको छ । गत साता ३.१३ प्रतिशतले घटेको नेप्से आज पनि ३.१२ प्रतिशतले घटेको छ । कोभिडपछि बैंकिङ प्रणालीमा लगातार उच्च तरलता रहनुको साथै घटेको ब्याजदरले बढाएको लगानकर्ताको मनोबल बैंकिङ प्रणालीमा तरलता संकुचन हुँदै जाँदा लगानीकर्ताको मनोबल पनि केही कमजोर भएको देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्कोतर्फ बजार नेप्सेमा १२० प्रतिशतभन्दा माथिको वृद्धि हुँदा पनि सामान्यबाहेक करेक्सन नभएको अवस्थामा अहिलेको केही ठूलो करेक्सन हुनसक्ने विश्लेषणमा लगानीकर्ता रहेको देखिन्छ । ठूलो बुलअगाडिको करेक्सन नभएकाले आत्तिनुपर्ने अवस्था नभएको टिप्पणी लगानीकर्ताहरुले गरिरहेका छन् । 

आइतबार सबै समूहमा गिरावट आएको छ । केही साताअघि नेप्सेमा सूचीकृत भएको चन्द्रागिरि हिल्सको सेयर मूल्यमा लागेको सकारात्मक सर्किटले होटेल उपसूचक हरियो भएको छ । सूचीकृत कम्पनीलाई ११ उपसमूहमा वर्गीकरण गरेको नेप्सेले आजबाट अन्य उपसमूहमा रहेका ४ कम्पनीहरुलाई छुट्याएर लगानी उपसमूह बनाएको छ । आज नेप्सेमा होटेलबाहेक ११ उपसूचक रातो भएको छन् ।

Global Ime bank

आज लगानी उपसूचक सर्वाधिक ४.१३ प्रतिशतले गिरावट हुँदा अन्य उपसूचकमा ३.८९ प्रतिशतको गिरावट आएको छ । यस्तै जीवन बिमा र उत्पादन तथा प्रशोधन उपसूचकमा समान ३.५५ प्रतिशतको गिरावट हुँदा लघुवित्त र हाइड्रोपावर उपसूचकमा पनि ३ प्रतिशतमाथिको गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक पनि २.९६ प्रतिशतले घटेको छ ।

भारि गिरावट भएको सेयर बजारमा कारोबार रकम भने सवा आठ अर्ब नाघेको छ । आज नेप्सेमा ९६ हजार १५१ पटक सेयर किनबेच हुँदा २०७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयरबाट ८ अर्ब ३५ करोड ५२ लाख ९० हजारको कारोबार भएको छ । प्रस्तावित बोनस र ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको शिखर इन्स्योरेनसमा आज लगानीकर्ताको आकर्षण देखिएको छ । कम्पनीको एक अर्ब दुई करोड १६ लाख ३३ हजार रुपैयाँको कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६३ करोड ४९ लाख ५५ हजारको कारोबार भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक २३ हजार ५५६ पटकको कारोबारमा १२ लाख २९ हजार ०८० कित्ता सेयर किनबेच हुँदा उक्त कारोबार भएको हो ।

सूचीकृत ४ कम्पनी र ५ ऋणपत्र तथा १ म्युचुअल फन्डबाहेक सबैको मूल्य घटेका छन् । चार कम्पनीको मात्र सेयर मूल्य बढ्दा चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शिखर इन्स्योरेन्सको सेयर मूल्य २.८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.९९ र सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य ०.६४ प्रतिशतले बढेको छ ।

यता गणपति माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घट्दा नेपाल फाइनान्सको साढे ६ प्रतिशतमाथि र नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्स कम्पनी र अपी पावरको सेयर मूल्य ६ प्रतिशतमाथिले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC