site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सफाइका लागि राखिएका पानीका स्रोत डम्पिङ साइट बनेपछि... 
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौंको वीर अस्पताल । अस्पताल प्रयोगशालाको ठ्याक्कै पछाडि हात धुनका लागि एउटा पानीट्यांकी राखिएको छ । तर, पानी भरिएको छैन । ट्यांकीमा बेसिनसहितको धारा जडान छ । धाराको टुटी भाँचिएको अवस्थामा छ ।

सँगै जोडिएको शौचालय प्रयोग गरेपछि सेवाग्राही ट्यांकी भएतिर पल्याकपुलक हेर्छन्, हात धुन खोज्छन् । अस्पतालको सफाइ विभागमा कार्यरत् कर्मचारी सम्झाउँछन्, ‘‘यसमा त पानी आउँदैन नि ! उहिलेदेखि थन्किएको ।’’

कोभिड–१९ महामारीका समयमा हात धुने अभियानअन्तर्गत रोटरी क्लब अफ नेपालले उपलब्ध गराएको पानीट्यांकी मुस्किलले तीन महिना प्रयोग  भए । तर, त्यसपछि अस्पताले मर्मतमा चासो देखाएन ।

Agni Group

सिंहदरबार पश्चिम गेटको विपरीतमा जिल्ला समन्वय समितिलगायतका केही सरकारी कार्यलयहरु छन् । ती कार्यालयका लागि प्रांगणमा नै पानीका ट्यांकीहरु राखिएको छ । वाटरएड, यूकेएडलगायतका निकायको सहयोगमा सरकारले राखेका यी ट्यांकीहरु पनि प्रयोगविहीन छन् । ट्यांकीमा जडान गरिएका धारामा पानी आउँदैन । हात धुन राखिएको साबुनको ठाउँमा रित्तो बोतल झुन्ड्याइएको छ । कार्यालय परिसरमा भेटिएका एक कर्मचारी भन्छन्, प्रयोग त पानी भरेर राखे त हुने हो । तर, यो धारामा आउने काम नै पर्दैन ?’’

काठमाडौंको व्यस्त थापाथली चोकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल)को ट्यांकी राखिएको छ । टयांकीमा सरकारको नाममा सन्देश टाँसिएको छ– साबुन पानीले नियमित हात धोऔँ, कोरोनाभाइरसको संक्रमणबाट आफू र अरुलाई पनि बचाऔँ । ट्यांकीमुनिको बेसिनभरि प्लास्टिक र फोहोरहरु जम्मा भएको छ ।

Global Ime bank

स्वास्थ्य सेवा विभाग परिसरको एक कुनामा रोटरी क्लबले राखेको हात धुने धारा छ । धारामा नियमित पानी चुहिइरहन्छ । छेवैमा भएको साबुन र स्यानिटाइजर जस्ताको तस्तै छ । विभागका कर्मचारीलाई त्यो धारासम्म पुग्न पायक पर्दैन । धाराको वरिपरि लेउ जमेको देखिन्छ ।

यी केही उदाहरणीय घटना मात्रै हुन् । हात धुने अभियानका लागि राखिएका अधिकांश धाराहरुको हालत अहिले सहरभरि यस्तै छ । कोभिड–१९ को उच्च जोखिम भएको अवधिमा नेपाल सरकारसँगै  दातृनियकाहरुले देशैभर विभिन्न  सार्वजनिक स्थालमा पानीट्यांकी र धारा जडान गरेका थिए । संक्रमणबाट जोगिन खासगरी हात धुने प्रयोजनका लागि राखिएका अधिकांश धारा अहिले भने प्रयोगविहीन भएका छन् ।

दातृनिकायको लाखौँ लगानी, उपलब्धि कति ? 
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यकामा मात्रै कोभिड अवधिमा ५० भन्दा बढी स्थानमा धारा–ट्यांकी जडान गर्‍यो । सम्बन्धित स्थानीय निकायलाई संरक्षण र व्यवस्थापनको जिम्मा दिइयो । तर, अहिले आधाभन्दा बढी धारा–ट्यांकी थन्किएको अवस्थामा छन् । न सम्बन्धित निकायले तिनको व्यवस्थापनमा चासो देखाए न आममानिसले सही प्रयोग नै गरे । केयूकेलका प्रवक्ता प्रकाशकुमार राई भन्छन्, ‘‘हामीले एक चरणको अनुगमन गरेका थियौँ । प्रयोग नभएका ठाउँहरुमा मर्मत–सम्भार पनि गरिरहेका छौँ । तर, सबै ठाउँमा नियमित पानी पुर्‍याउन भने नसकेकै हो । कतिपय सार्वजनिकस्थलमा राखिएका धारा–ट्यांकीको अनुगमन दाता आफैँले गरिरहेका छन् ।’’

रोटरी क्लब अफ नेपालले कोभिड–१९ को अवधिमा सरसफाइ शीर्षकमा मात्रै १० लाख रुपैयाँ खर्च गर्‍यो । क्लबमार्फत् काठमाडौं उपत्यकाभर ३५ स्थानमा धारा–ट्यांकी जडान गरिएको छ । क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर राजेन्द्र गौतमका अनुसार पहिलोपटक गरिएको अनुगमनमा सार्वजनिकस्थलमा धाराकोे प्रयोग प्रभावकारी भएको पाइयो । तर, अधिकांश अस्पतालहरुले  नियमित प्रयोग गरिएको पाइएन । एकपटक बिग्रिएपछि मर्मतको जिम्मा नलिने, ‘मर्मत–सम्भार हाम्रो स्रोतभन्दा बाहिर’ रहेको भन्दै पन्छिने गरेको अनुभव गौतमले सुनाए । ‘‘यस्ता सानातिना खर्च त अस्पतालहरुको नियमित खर्चभित्रै पर्नुपर्ने होजस्तो लाग्छ । तर, डोनेसनमा आएको सामानको माया लाग्दैन रहेछ सार्वजनिक निकायहहरुलाई । एकपटक अनुगमन गर्‍यो, अर्कोपटक जाँदा फेरि उस्तै देखिन्छ ।’’

कार्यालय परिसरमा राखिएका धाराको जिम्मा सम्बन्धित कार्यालयलाई नै दिइएको छ । अन्य सार्वजनिकस्थलमा राखिएका धारा–ट्यांकीको अनुगमन तथा व्यवस्थापन भने दातृनिकाय आफैँले गर्दै आएका छन् । तर, अधिकांश सरकारी कार्यालयमा नै अनुदानका सामानहरुको दुरुपयोग भएपछि दातृनिकायहरु पनि असन्तुष्ट देखिन्छन् ।

अधिकांश सार्वजनिक सेवाप्रदायक कार्यालयहरुमा कोभिड–१९ को समयमा प्रयोग भएका सामानहरु अहिले अलपत्र अवस्थामा देखिन्छन् । आफ्नो परिसरमा राखिएको धारामा साबुन र नियमित पानीको जिम्मा कार्यालयले नलिने हो भने दातृनिकायहरुले दोहोर्‍याएर सहयोग गर्ने बाटो कहाँ रहला ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC