अर्थ व्यवसाय
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई बीएन्डबी अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने विषयमा द्विपक्षीय समझदारी गरेको छ ।
उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई फार्मेसीबाट औषधि खरिद गर्दा ५ प्रतिशत र अन्तरंग (भर्ना) मा ७ प्रतिशत छुट उपलब्ध गराउने जनाइएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ रोशन रेग्मी र बीएन्डबीका तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७ १५:१३
प्रतिक्रिया दिनुहोस्