site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एनसेलको ‘सहयात्री सिम’ : वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा यो सिमको मुख्य विशेषता हुन् ।

यो सिम यही फागुन १४ गतेदेखि सञ्चालमा ल्याइएको हो । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत यो योजना ल्याएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सहयात्री सिमको उदेश्य वैदेशिक रोजगारीमाजाने सोच बनाएकालाई उनीहरुको रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पुरूयाउनु रहेको एनसेलले जनाएको छ । यस सिममा समेटिएका सबै अफर तथा सुविधाहरु विदेश जाने सोच बनाएका व्यक्तिहरुको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमको रहेको जनाइएको छ । उदाहरणका लागि नेपालमा नै रहेको समयमा यहाँ रोजगारीका अवसर खोज्न एनसेल ‘जबसप’ले मद्दत गर्दछ । त्यसैगरी, यसमा लोकल दरमा नेपालबाट भारतमा कल गर्न सकिने अफर पनि रहेको कम्पनीले जनाएको छ ।

यो सिम ग्राहकले कर सहितमात्र ९९ रुपैयाँमा लिन सक्छन् र सिमसँगै २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टकलाइम र २० वटा अन नेट एसएमएस पाइन्छ । यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफू रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ सेवाजस्ता विशेष सुविधाहरु रहेका छन् । यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ सेवा ग्राहकले भारत, कतार, यूएई, मलेसिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् ।

Global Ime bank

यो सिम अर्थात योजनाअन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन् । यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ । साथै, कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर करबाहेक १.९९ रुपैयाँ प्रतिमिनेटमा कल गर्न सकिने सुविधा रहेको छ । यी विशेषताले गर्दा विदेशमा रहेका आफन्त र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहिरहनका लागि यो सिम एक उत्तम सेवा हो ।

यो सिमका ग्राहकले एनसेल ‘जबसप’ सेवामा एक महिनासम्म निःशुल्क पहुँच पाउँछन् । एक महिनापश्चात् ग्राहकले मासिक ‘जबसप’ प्लान ५० प्रतिशत छुटमा चलाउन सक्छन् । सहयात्री सिम लिन नागरिकता र एकप्रति फोटो आवश्यक पर्दछ । यो सिम आफूलाई पायक पर्ने एनसेल सेन्टर वा एनसेलको आधिकारिक बिक्रेताबाट लिन सक्ने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC