site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ टुर्नामेन्ट हुने
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । यती समूहका प्रबन्ध निर्देशक स्व. आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा गल्फ प्रतियोगिता हुने भएको छ । यही फागुन २१ र २२ गते गोकर्ण फरेस्ट रिसोर्टमा गल्फ प्रतियोगिता हुनेछ ।

यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व. शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । पर्यटन व्यवसायी स्व. शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए ।

Agni Group

यती एयरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत् र व्यवस्थित बनाउँदै नेपालको सुदूरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीयस्थलहरुमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको पनि जनाएको छ । उक्त प्रतियोगितामा रजिस्टे«सन शुल्कमार्फत संकलन भएको रकम सोही समयमै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एयरलाइन्सले घोषणा गरेको छ ।

प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिलातर्फको विजेता र रनरअप, भेट्रान तर्फका विजेता, जुनियर तर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।

Global Ime bank

प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै पाँच लाख रुपैयाँ बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताहरुले यती ग्रुपकै सञ्चालमा रहेका कम्पनी तथा रिसोर्टहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्ने जनाइएको छ ।

यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC